५० प्रतिशत नेपालीमा एन्टिबडीको विकास


काठमाडौं । कोरोना भाइरस संक्रमणभइ वा खोपका माध्यमबाट ५० प्रतिशत नागरिकमा कोरोना विरुद्ध लड्ने एन्टिबडीको बिकास भएको पाइएको छ । सरकारले हालै गरेको अनुसन्धानले ५० प्रतिशत नागरिकमा एन्टिबडी बिकास भएको देखाएको हो । सरकारी अधिकारीहरुले अझै फाइनल रिपोर्ट आउँन बाँकी भएकाले केही प्रतिशत बढ्ने अनुमान गरेका छन् ।

स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र सेन्टर फर डायनामिक नेपाल मिलेर समुदायमा आधारित सर्भे गरेका थिए । ७७ जिल्लामा पुगेर वैज्ञानीक आधारमा करिब तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने हिसाबले नमुना संकलन गरिएको थियो । उक्त नमुनाको प्रारम्भिक रिर्पोटले ५० प्रतिशत माथि एन्टिबडी बिकास भएको देखाएको छ ।

समुदायमा आधारीत परिक्षणमा ५० प्रतिशत भन्दा बढीमा कुनै न कुनै किसिमले एन्टिबडी बनेको पाइएको छ । स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार देशभरबाट १३ हजार ७ सय जनाको नमुना लिएको थियो । नमुना लिदा ६ महिना देखि माथि उमेर समूहका नागरिकको लिएको थियो ।

‘प्रारम्भिक चरणको रिर्पोट धेरै राम्रो देखिएको छ, एक अधिकारीले भने, ‘समुदायमा आधारित रहेर गरिएको रर्पोटको नतिजा धेरै राम्रो देखिएको छ । तर, अन्तिम रुप लिन अझै केही समय लाग्ने छ ।’ अधिकारीहरुले बताए अनुसार दशै आसपास रिपोर्ट सार्वजनिक हुने छ ।

०७७ असोजमा गरिएको अनुसन्धानले १३ प्रतिशत जनसंख्या संक्रमितभई एन्टिबडी बनेको रिर्पोट तयार भएको थियो । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले देशको १३ प्रतिशत जनसंख्या संक्रमित भएको देखाएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीका अनुसार हिमाल, पहाड, तराई तीनैक्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वेक्षण गरिएको थियो । मनाङ र मुस्ताङबाहेक ७५ जिल्लाबाट ६ हजार पाँच सयजनाको नमुना संकलन गरिएको थियो । त्यस बेला पनि ६ महिनादेखि माथिको उमेर समूहका थिए ।

जनस्वास्थ्य वैज्ञानीक डा समिरमणी दिक्षीतले संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरेको बताए । जति धेरैमा एन्टिबडी बनेको हुन्छ त्यती राम्रो हो दिक्षीतले भने । यसले भ्याक्सिन लगाउनुपर्नेहरुको जमात क्रमश घट्दै जाने छ । अधिकारीहरुका अनुसार संक्रमित भई एन्टिबडी बनेको र भ्याक्सिन लगाएकाहरुमा देखिएको एन्टिबडी गर्दा ७० प्रतिशत माथि पुग्यो भने आगामी दिन हाम्रा लागि निकै राम्रो हुन्छ ।

अधिकारीहरुका अनुसार ६० प्रतिशत माथिमा एन्टिबडी तयार भए हामी हर्ड युमिनिटी तर्फ जान्छौं । एन्टिबडी हुदैमा संक्रमण हुदैन भन्ने छैन । तर, संक्रमित भएर वा खोप लगाएर एन्टिबडी बनिसकेपछि भएको कोरोना संक्रमणले गंभिर हुने सम्भावना ज्यादै न्युन बनाउछ ।

विगत चार महिना अगाडी हुनुपर्ने सर्भे बिभिन्न कारणले ढिला भएको थियो । एक अधिकारीले भने स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृत हुन समय लागेकाले एक महिना अगाडीबाट मात्रै सर्भे सुरु भएको हो ।

डा समिरमणी दिक्षित भन्छन्, नागरिकको प्रतिरक्षा प्रणाली मजबुत खोप लगाएर वा संक्रमण पार गरेर हुन्छ । खोप लगाएको र संक्रमित भएको संख्या जोडेर ६० देखि ७० प्रतिशतमा एन्टिबडी ल्याउन सकियो भने यसले हर्ड युमिनिटी तिर गएको बुझिन्छ । आगामी दिनमा भाइरसले ठुलै परिवर्तन गरेर नआएको खण्डमा पुरानै जीवन शैलिमा जान मद्धत गर्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com