‘लिक्विड अक्सिजन ट्यांकमा सेटिङ गरेबापत’ अग्रवाल विभूषित

सचिव अर्यालको सेटिङमा अस्पतालहरूमा अग्रवालको लिक्विड अक्सिजन ट्यांक 


काठमाडौं । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालसँग सेटिङ मिलाएर अस्पतालहरुमा बिनाप्रतिस्पर्धा लिक्विड अक्सिजन ट्यांक जडान गर्न सफल शंकरलाल अग्रवाललाई सरकारले विभूषित गर्ने भएको छ ।

अर्यालसँगको सेटिङमा १३ वटा सरकारी र ४ वटा निजी अस्पताललाई लिक्विड अक्सिजन ट्यांक जडान गर्न बाध्य पार्ने व्यापारी अग्रवाल प्रवल जनसेवाश्री पदकद्वारा विभूषित हुने भएका छन् । सेटिङमा निजी तथा सरकारी अस्पतालहरुमा लिक्विड अक्सिजन ट्यांक जडान गर्न लगाएर राज्यकोषमाथि लुट मच्चाएका अग्रवाललाई समाजसेवीको दर्जामा उक्त पदक दिइने घोषणा भएकाले समाजसेवाको मर्ममाथि नै सरकारले प्रहार गरेको चर्चा छ ।
स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव लक्ष्मण अर्यालले शकंर अक्सिजन प्रालिका शंकर अग्रवालको नाम पदकका लागि सिफारिस गरेका थिए ।

अर्यालले पदकका लागि सिफारिस गरेका एनएचएसएसपीका डा. सुशील बराल, निक साइमनका मोहम्मद काशिम शाह, होङसी सिमेन्ट प्रालिका मिस्टर जेहाङ न्हाउ, सिजी फाउण्डेसन महेश नकर्मी, युएसएडका नूर पन्त, नेपाल एम्बुलेन्स सर्भिसका रन्जित आचार्य, डब्लुएचओका सुशीलचन्द्र लेखकलाई सरकारले पदक दिन अस्वीकार गरेको छ । अरूको नाम हटाएपछि अग्रवाललाई जसरी भएपनि विभूषित गराउन पर्यो भनेर सचिव अर्याल आफैं लागिपरेको गृह मन्त्रालय स्रोतले स्वास्थ्य लाइभलाई बतायो । उद्योगी/व्यवसायीबाट विभूषित हुँदा आलोचना हुन सक्ने भएकाले समाजसेवीको रूपमा विभूषित गर्ने निर्णय भएको स्रोतको भनाइ छ ।

अग्रवाल र अर्यालको साँठगाँठ !
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन लक्ष्मण अर्यालले लिक्वि अक्सिजन ट्यांक जडानमा सेटिङ गरी लाखौं रूपैयाँ अनियमितता गरेको स्वास्थ्यका अधिकारीहरूको आशंका छ । सचिव अर्यालले १५ दिनको समय सिमा दिएर निजी तथा सामुदायीक अस्पतालहरुमा अक्सिजन प्लान्ट वा लिक्विड अक्सिजन ट्यांक जडान गर्न निर्देशन दिएका थिए ।

गत चैत बैशाखमा कोरोनाको दोस्रो छाल तीब्र रुपमा बृद्धि हुदा अक्सिजन अभावले ठूलो संख्यामा नागरिकको मृत्यु भएको थियो । सोही मौका छोपी सचिव अर्यालले सबै अस्पताललाई अक्सिजन प्लान्ट वा ट्यांक जडान गर्न निर्देशन दिएका हुन् । विश्वभर लकडाउन भएकाले १५ दिनभित्र प्लान्ट जडान गर्न सहज थिएन । त्यसको मुख्य उद्देश्य थियो भारतबाट लिक्विड अक्सिजन ट्यांक ल्याएर अस्पतालहरुमा जडान गर्न लगाउनु । सचिव अर्यालकी श्रीमती निता पोखरेल अर्याल भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासमा इकोनोमिक मिनिस्टर भएकाले सेटिङमा अक्सिजन ट्यांक नेपाल भित्र्याइएको आरोप लाग्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘लक्ष्मण अर्यालले शंकर अक्सिजन प्रालिसँग सेटिङ मिलाएर सबै अस्पतालहरुलाई लिक्विड अक्सिजन ट्यांक जडान गर्न अनुरोध गरे ।’, सचिव अर्यालको आग्रह अस्वीकार गर्ने निजी अस्पतालहरुले ठूलै दबाबसमेत खेप्नु परेको खुल्न आएको छ ।

नेपालमा लिक्विड अक्सिजन ट्याङ्क भारतबाट आयात गरिएको हो । यसको आपूर्तिकर्ता शंकर अक्सिजन प्रालि मात्रै हो । लिक्विड अक्सिजन ट्यांक आपूर्तिकर्ता एउटा मात्रै भएकाले शंकरले कसैसँग प्रतिस्पर्धा गर्नुपरेन । शंकर अक्सिजन प्रालिका अध्यक्ष शंकर अग्रवालले कोभिडको समयमा १५ वटा लिक्विड अक्सिजन ट्यांक सीधै ल्याएर अस्पतालहरूमा जडान गरेको बताए । ‘उनले भने, ‘हामीले ४ वटा निजी र ११ वटा सामुदायीक अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क जडान गरेका छौं । त्यसलाई भर्नका लागि आफ्नै प्लान्ट समेत तयारी पारेका छौं ।’,

अध्यक्ष अग्रवालले बताएअनुसार एउटा लिक्विड अक्सिजन ट्यांकको मूल्य ७० देखि ८० लाख पर्छ । सोही मूल्यका आधामा नेपालमा १५ वटा जडान गरिएको हो । अन्य केही जडान गर्ने तयारी भइरहेको पनि अग्रवालले बताए ।

सचिव अर्यालले सरकारी अस्पतालका प्रमुख र निजी अस्पताल प्रमुखलाई बोलाएरै अक्सिजन प्लान्ट राख्ने हैन, लिक्विड अक्सिजन ट्याङ्क नै राख्नुपर्छ भन्दै दबाब दिएका थिए । निजी अस्पताल संचालकहरुलाई भने अर्यालले आफ्नो कार्यकक्षमा बोलाएरै लिक्विड अक्सिजन ट्यांक राख्न ठाडो दबाब दिएको अस्पताल संचालकहरु बताउँछन् । लिक्विड अक्सिजन ट्यांक राख्न अस्वीकार गर्नेलाई अस्पताल सञ्चालको अनुमति खारेज गर्ने सम्मको धम्की दिएका थिए । ‘सचिव अर्यालले तुरुन्त आउनोस् भन्नु भयो, हामी गयौं तर, उहाँले तत्काल लिक्विड अक्सिजन ट्यांक राख्न दबाब दिनुभयो । हामीले प्लान्ट राख्ने कुरा गर्दा लिक्विड अक्सिजन ट्यांक नराखे सम्बन्धन नै खारेज गर्दिन्छु समेत भन्नुभयो ।’, एक निजी अस्पताल संचालकले स्वास्थ्य लाइभसँग भने, ‘यति मात्रै हैन तत्कालीन सचिव अर्यालले स्वास्थ्यकर्मीलाई दिएको जोखिम भत्ता रोक्नसमेत निर्देशन दिनु भयो । जोखिम भत्ता दिँदा आफूलाई मन्त्रालयमा स्वास्थ्यकर्मी घेर्न आउने र एउटाले दिने अर्काले नदिने गर्दा समस्या हुने भन्दै भत्ता दिएकोप्रति आपत्ती जनाउनु भयो । ‘,

नेपालगन्ज मेडिकल कलेजका संचालक डा. सुरेश कनोडियाले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार नै लिक्विड अक्सिजन ट्यांक जडान गरेको बताए । ‘हामीले कोरोना महामारीको समयमा लिक्विड अक्सिजन ट्यांक जडान गरेका छौं । सो ट्यांक जडान गरेर लिक्विड ल्याई भर्ने हो । एक पटकमा २ सय सिलिण्डर भर्न मिल्छ ।’, उनले भने । आफूहरूले शंकर अक्सिजन प्रालिसँग ६० लाखमा लिक्विड अक्सिजन ट्यांक खरिद गरेर जडान गरेको कनोडियाको भनाइ छ ।

लिक्विड अक्सिजन ट्यांक जडान गरिएका अस्पतालहरु

✡️ निजी अस्पतालहरु
🏥 नेपालगञ्ज मेडिकल कलेज
🏥हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल
🏥युनिर्भसल मेडिकल कलेज भैरवहबा

🏥नेपाल मेडिसिटी अस्पताल
✡️ सरकारी अस्पतालहरू
🏥वीर अस्पताल
🏥राष्ट्रिय ट्रमा सेन्टर
🏥शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
🏥टिचिङ अस्पताल
🏥वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
🏥भरतपुर अस्पतालमा दुई वटा
🏥नारायणी अस्पताल विरगञ्ज
🏥धनगढी, लगायत

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com