कानुनविपरीत महेश्वर श्रेष्ठलाई बाग्मती प्रदेश स्वास्थ्य निर्देशकमा नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि एकपटक गम्भीर गल्ती गरेको छ । सत्ता र शक्तिको दुरुपयोग मात्र हैन कानुन कै दुरुपयोग गरी महेश्वर श्रेष्ठलाई बाग्मती प्रदेश स्वास्थ्य निर्देशकमा नियुक्त गरेको छ ।
११ औं तह (सहसचिव) का श्रेष्ठ कांग्रेस निकट जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव पनि हुन् । प्रदेशको कर्मचारीलाई राजनीतिक आस्थामा संघमा तानेर स्वास्थ्य मन्त्रालयले संघबाट पुन: दरबन्दी नभएको प्रदेशमा निर्देशकको जिम्मेवारी दिएर पठाएको छ ।
गत साउन २९ गते लुम्बिनी प्रदेशमा कार्यारत स्वास्थ्य शिक्षा समूहका श्रेष्ठलाई तत्कालीन स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा संघमा ल्याइएका थिए । कानुनत अधिकृत भन्दामाथिका पदाधिकारीलाई ट्रेड युनियनको पदमा बस्ने अधिकार छैन ।
श्रेष्ठ र खाँण बिजनेश पार्टनरसमेत हुन् । उनीहरुको विभिन्न नर्सिङ कलेजमासमेत लगानी छ । कानुनले प्रदेशमा समायेजन भएको कर्मचारी संघमा आउन मिल्दैन । बाग्मती प्रदेशका स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले महेश्वर श्रेष्ठ निर्देशकमा नियुक्त भएको पुष्टि गरे ।
श्रेष्ठको नियुक्तीको विषयलाई लिएर स्वास्थ्यकर्मीहरुले बिरोध गरेका छन् । प्रदेशमै समायोजन भएका क्षमतावान कर्मचारी हुँदाहुँदै अर्को प्रदेशमा समायोजन भएको कर्मचारीलाई संघमार्फत पठाउनु कानुनविपरीत भएको भन्दै तत्काल निर्णय सच्याउन स्वास्थ्यकर्मीले माग गरेका छन् ।
बाग्मती प्रदेश स्वास्थ्य निर्देशक रमेश अधिकारी अवकास भएपछि निमित्त निर्देशकमा सागर घिमिरे थिए । घिमिरे स्वास्थ्य क्षेत्रमा निकै कहलिएका व्यक्ति हुन् । प्रदेशका कर्मचारीले आफूहरुको अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।
प्रदेशका कर्मचारीले पाउने ठाउँ संघले खोसेको भन्दै उनीहरुले बिरोध गर्ने बताएका छन् । बिरोधकाबीच श्रेष्ठले शुक्रबारदेखि हाजिर गरेका छन् ।
क्याटेगोरी : विचार, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस