कपिलबस्तुमा हैजा नियन्त्रण बाहिर गएपछि सरकारले तेस्रो मुलुकबाट साढे दुई लाख खोप मगायो


काठमाडौं । नेपाल सरकारको अथक प्रयासबाट पनि कपिलबस्तुमा फैलिएको हैजा नियन्त्रणमा आउन नसके पछि सरकारले नियन्त्रणमा लिनका लागि अन्तराष्ट्रिय स्तरमा सहयोग मागेको छ । गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म छ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले २१ असोजमा महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतम सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको थियो । उक्त टोलीको अध्ययन अनुसन्धानले हैजा पक्ता लगाएपनि नियन्त्रणमा समस्या भएपछि सरकारले अन्तराष्ट्रिय जगतमा सहयोग मागेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा महामारी रोग नियन्त्रण महाशाखाका निर्देश्क डा कृष्ण पौडलेले कपिलबस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि त्यसको विरुद्ध खोप माग गरिएको बताए ।

 

‘हैजा नियन्त्रण गर्न नेपालका तर्फबाट थुप्रै प्रयासहरु भए तर सकिएन निर्देशक डा पौडेलले भने, ‘यसलाई नियन्त्रण गर्न खोप मात्रै विकल्प देखिए पछि हामीले ‘ग्लोबल स्टक पाइल’ रहन खोप माग गरेर प्रपोजल हालेका थियौं । हाम्रो प्रस्ताव स्वीकृत भएको छ ।’

नेपालमा ग्लोबल स्टक पाइलबाट पहिलो पटक खोप मगाइएको हो । कपिलबस्तुमा सफा पानी तथा सौचालयको प्रयोगका साथै सरफाइका लागि समुदायमा गतिबिधीहरू अहिले जारी छन् ।

निर्देशक डा पौडेलले थपे, ग्लोबल स्टक पाइल मा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको छ । उक्त जानकारी विश्व स्वास्थ्य संगठनको कलेरा विभागले दिएको छ ।

कपिल्वस्ताका प्रभावित क्षेत्रका नागरिकलाई लगाउन २ लाख ५२ हजार ३ सय ६३ डोज छिट्टै आइपुग्ने छ । उक्त खोप आउनसाथ हैजा विरुद्ध अभियान संचालन गर्ने डा पौडेलले बताए ।

सरकारले कपिल्वस्ताका प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार ७ सय ४३ जना, महाराजगञ्जमा ५३ हजार १ सय ५६ जना, शिवराजमा ६४ हजार ७ सय ७८ जना, बिजयनगरमा ३५ हजार ९ सय ३ जना र यसोधारामा ३७ हजार ७ सय ८३ जना गरी २ लाख ५२ हजार ३ सय ६३ जनालाई हैजा विरुद्ध खोप लगाइने भएको छ ।

बिहान सम्मको तथ्यांक अनुसार १ हजार ३ सय १४ जना हैजाका कारण बिरामी परेका छन् । उपचारमा अझै ४३ जना रहेका छन् । दैनिक ११ देखि ३० जना सम्म नयाँ बिरामी थपिएको तथ्यांक रहेको छ ।

क्याटेगोरी : जीवनशैली, प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com