मेडिकल टुरिजम विशेष बहस

लुम्बिनीमा २० लाख पर्यटक आउँछन् तर, स्वास्थ्य समस्या पर्दा उपचार गर्ने अस्पताल छैन


हामीले तीन कारणले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न अस्पतालको आवश्यकता देखेका छौं । आज भन्दा ४५ वर्ष अगाडि गुरुयोजना तयार पार्दा दुईदेखि साढे दुई लाख तिर्थयात्री हरेक वर्ष लुम्बिनी आउँछन् भन्ने आँकलन गरिएको थियो । अहिले त्यो अवस्था १८ देखि २० लाख तिर्थयात्री हरेक वर्ष लुम्बिनी आउने गरेको अवस्था छ ।

श्रीलंकाबाट बृद्धबृद्धा लुम्बिनी आउँछन् । विदेशी लुम्बिनी आउँनु भनेको हाम्रा हजुरआमा, हजुरबुबाहरु सातधाम गएजस्तै हो । श्रींकाबाट मात्रै वर्षमा ६० हजार तिर्थयात्री आएका छन् । त्यस्तै थाइल्याण्ड, भियतनामबाट सोही हाराहारीमा तिर्थयात्री लुम्बिनी आइरहेका छन् ।

लुम्बिनीमा कुनै पनि बृद्धबृद्धालाई उच्च रत्तचाप, दमको समस्या, हृदयघात हुदा उपचार गर्न सक्नेठाउँ छैन । ३५ अर्व बढी लगानी गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौं । बाटो, पुलपुलेसा सोहीअनुसारको बनाएका छौं तर, लुम्बिनीमा एउटा व्यवस्थित अस्पताल छैन ।

लुम्बिनीमा संसारभरका तिर्थयात्री आउँछन । उनीहरुका लागि आकस्मिक मेडिसिन यहाँ छ हैं भनेर देखाउँदा राम्रो हुन्छ । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो सन्देश जान्छ । लुम्बिनीमा श्रीलंका, थाईल्याण्ड, वर्मा, कम्बोडिया, दक्षिण कोरिया, जापान र पश्चिमा राज्यहरु अमेरिका, क्यानडा, तथा इंगलैण्डबाट समेत यात्रुहरु आउने गरेका छन् ।

दोस्रो भनेको लुम्बिनी भित्र २४–२५ वटा अन्तर्राष्ट्रिय विहारमा गएर विभिन्न देशका ध्यान्ते गुरुहरु ध्यान केन्द्र चलाएर सेवा गर्ने र आफूले सकेको सहयोग पनि गरिरहेका छन् । तर उनीहरुको ठूलो चिन्ताको विषय भनेको कुनै स्वास्थ्य समस्या परेको खण्डमा जाने काठमाडौंबाहेक अन्य ठाउँ छैन । पर्यटकहरु सर्पदेखि बढी डराउने भएकाले तराईमा उपचार गर्न मान्दैनन् । त्यसैले उनीहरुलाई हामीले व्यवस्थित गर्ने अस्पतालका बारेमा सोच्छौं भन्दै आएका छौं ।
तेस्रो भनेको लुम्बिनी, कपिल्वस्तु र रामग्राम क्षेत्रका नागरिकलाईसमेत हामीले स्वास्थ्य सेवामा समेट्नु पर्ने छ । लुम्बिनीको ११ सय ५५ विघा जग्गा उपलब्ध गराएर ८ वटा गाउँ विस्थापित गराईएको छ । तर, त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिन पाएका छैनन् । अप्रत्यक्ष रुपमा जेजति छ लुम्बिनीकै कारणले छ ।

एउटा सामाजिक उत्तरदायीत्व बहन गर्न पनि धार्मिक संघ संस्थाले आफ्नो केही अंश सामाजिक कार्यमा लगाउँदा राम्रो हुन्छ । त्यसैले यी तीन क्षेत्रका नागरिकलाई पनि हामीले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन सक्छौं ।

नेपालबाट सत्य साईबाबाहरुको अस्पतालमा लाइन लागेर मानिसहरु जान्छन् । त्यस्तै बौद्ध धर्मबाट प्रेरित भएका मानिसहरु पनि सेवा लिन विश्वको पवित्र स्थल लुम्बिनीमा आउँछन् । त्यसका लागि राम्रो अस्पताल र सोहीअनुसारको प्रचार आवश्यक छ, जुन स्वास्थ्य लाइभले सुरु गरेको छ । स्वास्थ्य लाइभको अभियान समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय हितमा छ ।

अस्पताल बनाएर प्रसूति सेवा दिँदै गर्दा हाम्रा लागि केही चुनौती पनि देखिएका छन् । लुम्बिनीमा बच्चा जन्माउन विदेशबाट मानिसहरु आउँछन् । विशेषगरी थाइल्याण्ड, जापानका नागरिकहरु वुद्ध प्रति भावुक हुन्छन् । तर, समस्या नेपाली ऐन, कानुनको छ ।

बच्चा लुम्बिनीमा जन्मियो तर, नेपाल सरकारले नागरिकता दिँदैन । बच्चा जहाँ जन्मियो त्यहाँको नागरिक हुने प्रावधान प्राय संसारभरका देशमा छ । नेपालले यस विषयमा सहजिकरण गर्न केही बाटो खोल्नु पर्छ । राज्यले अरु केही गर्न नसके पनि लुम्बिनीको अनरेवल नागरिकता दिएर सहजिकरण गर्न सक्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, विचार
ट्याग : ##अन्तर्राष्ट्रिय विमानस्थल, ##थाइल्याण्ड, ##लुम्बिनी, ##लुम्बिनीमा संसारभरका तिर्थयात्री, #भियतनाम

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com