विश्व एड्स दिवस

ग्लोबल फण्डका कर्मचारीसँग मिलेर एचआइभी संक्रमितको तथ्यांक लुकाएको आशंका,  तथ्यांक लुकाउने नेतृत्वमाथी छानबिन गर्न माग


काठमाडौं ।  राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनले तयार पारेको एचआइभी संक्रमितको तथ्यांकमा गंभिर प्रश्न खडा भएको छ । दश वर्ष अगाडी नै लक्ष्य प्राप्ती गरेको अवस्थामा केन्द्रले निहीत स्वार्थमा दश वर्ष पछाडी सारेको छ ।

सरकारको आधिकारीक सिस्टम एचएमआइएस र डिओएचएस श्रोत अनुसार जिवित एचआइभी संक्रमितहरु हाल ३३ हजार ८ सय २८ जना छन् । हाल सम्म ४ हजार ४ सय ८० जनाको मृत्यु भएको छ । यो समेत गरी ३८ हजार ३ सय ८ जना हाल सम्म संक्रमित पत्ता लागेका छन् ।

 

तर, ग्लोबल फण्डको कार्यक्रम हेर्ने कर्मचारीले जिवित एचआइभी संक्रमितहरु हाल सम्म २५ हजार २ सय १४ जना देखिएको छ । सरकारी स्रोत अनुसार १ सय प्रतिशत भन्दा बढी अहिले नै पुगेको छ । यस्तो अवस्थामा दश वर्ष अगाडी नै पुरा भएको लक्ष्यलाई ढाकछोप गरी नेतृत्वले ग्लोवल फण्डको गलत तथ्यांकलाई आधार मानेर तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटाका अनुसार नेपालमा जिवित एचआइभी संक्रमितहरुको अनुमानीत संख्या ३० हजार ३ सय हो । तर, एचएमआइएस र डिओएचएस श्रोत अनुसार जिवित एचआइभी संक्रमितहरु ३३ हजार ८२८ पुगिसकेका छन् । यता राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र ग्लोबल फण्ड कार्यक्रम श्रोतले तयार पारेको जिवित एचआइभी संक्रमितको संख्या भने २५ हजार २ सय १४ रहेको छ ।

निर्देशक डा सुधा देवकोटाले ३८ हजार नभएको बताइन् । यो पुरानो तथ्यांक होला अहिले घटेको छ उनले भनिन । तर, सरकारी सिस्टमले अहिलले नै उनको भनाइलाई गलत सावित गरिदिएको मात्रै छैन, उनको नेतृत्व माथि प्रश्न उब्जाएको छ । उनिहरुले कुन सफ्टवेर प्रयोग गरेर डाटा हेरेका छन त्यसको स्पष्ट जानकारी स्वास्थ्य लाइभले पाएको छैन ।

सरकारी डाटा, जुन देवकोटाले अस्वीकार गरेकी छन्

केन्द्रले २०३० को एचआइभी स्टाटेजी तयार पार्दैछ । २०३० सम्म नेपालले ९५ः९५ः९५ को लक्ष्य अघि सारेको केन्द्रले बताएको छ । तर, अहिले नै १२६ प्रतिशत केस पत्ता लागेको अवस्थामा किन सो स्टाटेजी तयार पारियो भन्नेमा धेरैको प्रश्न छ ।

विगतमा केसहरु धेरै भएकाले सरकारले भव्य रुपमा कार्यक्रमहरु गर्दै आएको थियो ।

विगतका विश्व एड्स दिवका कार्यक्रम

बजेट सिमित थियो तर, कार्यक्रम राष्ट्रिय सभागृह र खुला मन्चमा हुने गर्थे । तर, अहिले बजेट पनि पर्याप्त छ, तर कार्यक्रम साधुरिएको छ ।

यस वर्षको विश्व एड्स दिवका कार्यक्रम

विश्व एड्स दिवस धेरैले जानकारी नगराउने हेतुले सानो कोठामा केन्द्रित गरिएको छ । यसले पनि एचआइभी केन्द्र र ग्लोबल फण्ड कार्यक्रमको नियत स्पष्ट हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com