स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरबन्दी सिर्जना
 
	
                                            काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा बोर्डको अस्थापी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले भोजपुरमा सेनाको ब्यारेकका लागि व्यक्तिको स्वामित्वमा रहेको जग्गा प्राप्त गर्न स्वीकृति दिनेदेखि, गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन पुनरावलोकनका लागि सैद्घान्तिक सहमति दिने तथा विराटनगर खानेपानी तथा सुधार आयोजना कार्यान्वयनको लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ६१ करोडको अनुदान सहायता स्वीकार गर्नेलगायतका निर्णय गरेको प्रवक्ता कार्कीको भनाइ छ ।
क्याटेगोरी : समाचार
 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस