उच्च अदालतको आदेशपछि मिर्गौला प्रत्यारोपण


काठमाडौँ  । उच्च अदालत पाटनको आदेश पछि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा साँखुका एक महिलाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

एकै आमाको कोखबाट जन्मिएकी दिदी र भाइको नागरिकता प्रमाणपत्रमा भाइको उमेर दिदीको भन्दा बढी देखिएका कारण रोकिएको मिर्गौला प्रत्यारोपण अदालतको आदेशपश्चात बुधबार गरिएको किस्ट मेडिकल कलेजले जनाएको छ ।

मिर्गौला ग्रहणकर्ता दिदी राधा महर्जन र दाता भाइ हरिगोपाल प्रजापति हुन् । नागरिकतामा २३ दिनले भाइ जेठो देखिएपछि महर्जनले जन्ममिति सच्याउन प्रमाणसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन पेस गरेका थिए ।

तर, पटक–पटक धाउँदा पनि नसच्चिएपछि उनले २०७९ असार ७ मा किस्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय, काठमाडौंसहित ६ जनालाई विपक्षी बनाएर उपचारको माग गर्दै अदालतमा रिट निवेदन दिएकी थिइन् । अदालतले असार ८ गते महर्जनको पक्षमा फैसला गरेको थियो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उच्च अदालत पाटन, #किस्ट मेडिकल कलेज

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com