पूर्व स्वास्थ्यमन्त्री यादव डा. राउतसँग भारी मतले पराजित


काठमाडौं । प्रतिनिधिसभाका सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित भएका छन् । उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतले पराजित भएका हुन् ।

डा. राउतले ३५ हजार ४२ मत ल्याउँदा १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष समेत रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. राउतसँग नराम्रोसँग पराजित भएका छन् । मतगणना सुरु हुँदा नै यादव भारी मतले पछाडि परेका थिए । अन्ततः उनी पराजित भए ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. सिके राउत, #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, #सप्तरी- २

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com