पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोले चुनाव हारे


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोले चुनाव हारेका छन् । २ हजार बढी मत अन्तरले पूर्व स्वास्थ्यमन्त्री महतो पराजित भएका हुन् ।

सर्लाही क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्र राय यादवसँग उनी चुनाव हारेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा यादव निर्वाचित भएका हुन्।

यादवले २२ हजार ६ सय ३१ मत प्राप्त गरी विजयी हुँदा पूर्व स्वास्थ्यमन्त्री महतोले २० हजार १ सय ६५ मात्र ल्याइ चुनाव हारेका हुन् । अघिल्लो प्रतिनिधिसभा २०७४ को चुनावमा कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेका महतो अहिले यादवसँग पराजित हुन् पुगेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी, #महेन्द्र राय यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com