वीर अस्पताललाई पुरानै हैसियतमा फर्काउने तयारी


काठमाडौं । सरकारले वीर अस्पताललाई पुरानै हैसियतमा पर्काउने तयारी थालेको छ । कोरोना महामारीका बेला कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल बनेको वीरलाई पुरानै हैसियतमा फर्काउने तयारी थालेको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत राखेर कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको वीरलाई कानुन खारेज गरेर पुरानै हैसियतमा फर्काउने तयारी भइरहेको छ । अध्यादेशमार्फत कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल बनेको वीरलाई फेरि पुरानै अवस्थामा फर्काउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरलाई स्वास्थ्य मन्त्रालयबाट पुनः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मातहत ल्याउने तयारी भएको हो ।  स्वास्थ्यबाट वीर अस्पताललाई न्याम्स अन्तर्गत ल्याउने वित्तिकै पुरानै हैसियतमा फर्किने ती अधिकारीको तर्क छ ।

वीर अस्पताल पुरानै हैसियतमा फर्किए प्रमुख प्रशासकीय अधिकृतको ठाउँमा निर्देशक बन्ने छन् । यो कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल बन्नुभन्दा अगाडि जस्तै अवस्था हो ।

वीर अस्पताल बनेसँगै त्यसको निर्देशन बन्न डा. सन्तोष पौडेल लागिपरेका छन् । मन्त्रिपरिषद्ले वीरलाई पुरानै हैसियतमा फर्काउने निर्णय गरेसँगै कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र कुमार बस्नेतको पद खारेज हुने र आफू त्यसमा जाने उनको दाउ रहेको देखिन्छ ।

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरका प्रमुख प्रशासकीय अधिकृत बनेका डा. जागेश्वर गौतमले समेत काम गर्न सकेका थिएनन् । जागेश्वरले काम गर्न नसकेको ठाउँमा सन्तोष गएर काम गर्न सक्नेमा मन्त्रालयका अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । सन्तोष कै जोडबलका कारण वीर अस्पताल पुरानै हैसियतमा फर्किन लागेको टिप्पणी हुन थालेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## वीर अस्पताल, #कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीर, #डा. जागेश्वर गौतम, #डा. सन्तोष पौडेल, #वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com