बाराबाट पूर्वस्वास्थ्यमन्त्री यादवलाई जसरी पनि हराउने सिके राउतको रणनीति

फिरंगी नेता भन्दै यादवविरुद्ध खनिए राउत


काठमाडौं । बारा-२ बाट चुनाव लड्ने तयारी गरेका पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई जसरी पनि हराउने राउत रणनीतिमा सिके राउत लागेका छन् । उनी अहिले बारामै खटिएका छन् ।

सप्तरी-२ मा भारी मन्तान्तरले पराजित गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव बाराबाट चुनाव लड्न लागेपछि राउत आक्रामक बनेका हुन् ।

जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत यादवलाई फिरंगीको संज्ञा दिएका छन् । ‘अब बारा जिल्लावासीका वीरहरुको लागि चूनौति थपिएको छ, अब फिरंगी उम्मेदवारलाई यहाँबाट हराएर पठाउनुपर्छ ।’, राउतले सार्वजनिक रुपमै धम्की दिएका छन् ।

बारा-२ बाट संसदमा छिर्ने रणनीतिमा लागेका यादवलाई रोक्ने रणनीतिमा राउत लागेपछि मुडभेडको संकेत देखिएको छ । यादव र राउतका कार्यकर्ता एकअर्काप्रति खनिने अवस्थामा आएको छ । बारा जिल्लामा कोही सपुत छैन् भन्दै राउत यादवमाथि खनिएका छन् ।

बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त ठाउँमा बैशाख १० गतेलाई उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यही अनुसार तयारी थालेको छ ।

सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर बारा-२ मा जान लागेका यादवलाई रोक्न राउत फिल्डमै उत्रिएका छन् । यसले स्थिति तनावपूर्ण हुने देखिन्छ ।

‘के बारा जिल्लामा कोही मान्छे छैनन् ? बारा जिल्लामा कोही माईकालाल जन्मिएको छैन र ? अनि यहाँ बाहिरको मान्छे यहाँ चुनाव लड्न आउने ? बारा जिल्लामा कोही राजनीतिक नेता छैनन् र ? अनि बाहिरको मान्छे यहाँ आएर चुनाव लड्ने ?’, बुधबार) पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै प्रश्न गरेका छन् ।

राउतले फिरंगी नेतालाई हराएर स्थानीय वीरले विजयी हाँसिल गर्न सक्नेछन् भन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । यसले राउत र यादवबीच लफडा हुने सम्भावना बढेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. सिके राउत, #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, #बारा-२

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com