बारा-२ बाट पूर्व स्वास्थ्यमन्त्री यादव विजयी


काठमाडौं । प्रतिनिधिसभा बारा क्षेत्र नम्बर दुईबाट पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव विजयी भएका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई हराएर उपनिर्वाचनमा विजयी भएका हुन् । उनीहरूबीचको मतान्तर ५ हजा बढी रहेको छ ।

पूर्व स्वास्थ्यमन्त्री यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएर पराजित भएको निर्वाचन आयोगले जनाएको छ । गत आम निर्वाचनमा जनमतका डा. सिके राउतसँग भारी मतले पराजित यादव अहिले त्यहीं पार्टीका उम्मेदवार कुशवाहालाई हराएर प्रतिनिधिसभामा प्रवेशको अनुमति पाएका छन् । यो उनका लागि प्रतिष्ठाको चुनाव थियो ।

एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेर तेस्रो भएका छन् । चितवन र तनहुँमा भारी मतले जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बारा-२ मा भने निकै तल परेका छन् । उक्त पार्टीका उम्मेदवार रमेश खरेल भने २ हजार ८ सय २९ मत ल्याएर चौथो भएका छन् । खरेलले गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट ल्याए जति मत पनि बाराबाट ल्याउन सकेनन् ।

खरेलले जति कै मत  आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले ल्याएका छन् । उनले २ हजार ७ सय ३८ मत प्राप्त गरेर खरेललाई कडा टक्कर दिएको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. सिके राउतको जनमत, #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, #बारा-२ निर्वाचित

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com