पूर्वस्वास्थ्यमन्त्री उपेन्द्रले डा. वीरेन्द्रलाई बनाए वातावरणमन्त्री


काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. वीरेन्द्रप्रसाद यादवलाई वन तथा वातावरणमन्त्री बनाएका छन् ।

उपेन्द्रको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई वन तथा वातावरणमन्त्री बनाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले डा. वीरेन्द्रलाई वन तथा वातावरणमन्त्री नियुक्त गरेका छन् ।

सिराह क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महतोलाई आज वन तथा वातावरणमन्त्रीको जिम्मेवारी दिइएको हो । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र आफैं मन्त्री हुने चर्चाकाबीच डा. महतोलाई मन्त्री बनाएका छन् । यसले उनलाई यादववादको ट्याग हटाउन मद्दत गरेको छ । मन्त्री डा. महतो औषधि उद्योगी समेत हुन् ।

जसपाबाट अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा रहेका छन् । जसपाबाटै  राष्ट्रियसभा सदस्य प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएकी छिन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री, #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com