पाठेघरको मुखको क्यान्सरले हरेक दिन ४ महिलाको मृत्यु, मृत्यु रोक्ने उपकरण किन्न नदिन माफिया सक्रिय


काठमाडौं ।  सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको जनस्वास्थ्यको निकै महत्वपूर्ण विषय ओझेलमा पारेर फाइदा लिन मेडिकल माफियाहरू लागेको पाइएको छ । केही मिडियानै मेडिकल माफियासँग मिलेर यसको विरुद्धमा जुटेको पाइएको छ । 

सरकारले ०८० / ०८१ को नीति तथा कार्यक्रममा ४ सय स्थानीय तहमा थर्मोकोगुलेटर र १० वटा कल्पोस्कोप खरिद गरी बितरण गर्ने उल्लेख गरिएको थियो । उक्त नीति अनुसार स्वास्थ्य सेवा विभागले बढ्दो पाठेघरको मुखको क्यान्सरलाई न्यूनिकरण गर्न अग्रिम निदान र उपचार गर्नका लागि अत्यावश्यक थर्मोकोगुलेटरकल्पोस्कोप खरिद प्रक्रिया अगाडि बढाएको हो । 

करिब १४ करोडको लागतमा खरिद गर्न लागेको उक्त मेसिन ल्याउन नदिन मेडिकल माफियाहरू सक्रिय भएर लागेका छन् । केहीले बेनामी उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा दिएको समेत स्वास्थ्य लाइभले फेला पारेको छ । अझ गज्जबको कुरा त के छ भने, आफूले टेन्डर नपाए पछि उजुरी हाल्ने र एक जनालाई मात्रै मिल्ने स्पेक बनायो भनेर केही मिडियामा समाचार लेखाउनेहरू सक्रिय भएर लागेका छन् । 

विभागले खरिद गर्न लागेका ४ सय थर्मोकोगुलेटर र १० वटा कल्पोस्कोप मेसिन दुई भन्दा बढी कम्पनीलाई मिल्ने थियो । विभागले स्पेसिफिकेशन अनुसार लागत अनुमान तयार गर्न सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ उपनियम २ (क) बमोजिम अन्य सार्वजनिक निकायहरूले चालु वा अघिल्ला वर्षहरूमा खरिद गरेका, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, ललितपुर महानगरपालिका ललितपुर र  गजेन्द्र नारायण सिंह अस्पतालको दर रेट लिइएको थियो । तर, उक्त निकायहरू मध्ये ललितपुर महानगरपालिकाबाट मात्र आ.व. २०७९ / ०८० मा थर्मोकोगुलेटर खरिद भएको मूल्य प्राप्त भएको थियो । त्यसका आधारमा विभागले दर रेट तयार पारेको हो । 

जनताले  गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार माथि मेडिकल सप्लायर्स माफियाहरूले बन्देज लगाउँन विभिन्न निकायमा उजुरी गर्दै हिँडेको स्वास्थ्य लाइभले पाएको छ । त्यस मध्ये राष्ट्रिय सतर्कता केन्द्रले जनताको स्वास्थ्य सेवामा अवरोध पुर्याउने माफियाको उजुरीलाई नीतिगत भ्रष्ट्राचारको कुनै गन्ध नपाए पछि तामेलीमा राखेर खरिद अगाडि बढाउन निर्देशन दिएको छ । 

स्वास्थ्य लाइभले केन्द्रबाट प्राप्त गरेको उक्त पत्र अनुसार माफिया थप सलबलाएका छन् । उनीहरूले आफू अनुकुल समाचार लेखाउने र कर्मचारीको बदनाम गर्ने उद्देश्यले मिडिया परिचालन गर्न थालेका छन् । पछिल्लो समय जस्तो सूचना दिएपनि पत्रकारले समाचार लेख्छन् भन्ने गलत मनसाय पैदा भएको छ । 

राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य सेवा विभागलाई जवाफ पठाउँदै भनेको छ, स्वास्थ्य व्यवसायी संघ त्रिपुरेश्वर, काठमाडौँले स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाले स्वास्थ्य सामाग्री  खरिद बोलपत्रमा नीतिगत भ्रष्ट्राचार हुनेगरि शर्त राखी प्रकाशित गरेको हुँदा छानविन गरी पाउँ भनी यस केन्द्रलाई सम्बोधन गरि दर्ता गरेको उजुरीका विषयमा राय / प्रतिकृया र पुष्टि हुने कागजातहरू माग गरेर अध्ययन गर्दा प्राप्त प्रमाणहरूबाट अनियमितता भएको हो भन्ने निष्कर्षमा पुग्ने आधार नभएकाले उजुरी तामेलीमा राख्ने निर्णय भएको छ । यसरी सम्बन्धित निकायले स्पष्ट रुपमा पत्र पठाउँदा पठाउँदै माफियाहरू मिडियालाई गलत सूचना दिएर आफू अनुकुल समाचार लेखाउन उद्धत देखिएका छन् । 

सरकारी तथ्यांक अनुसार सीमित स्रोत र साधनका बावजुत पनि ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरू मध्ये ११ प्रतिशतले मात्रै पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग गराएका छन् । यसरी स्क्रिनिंग गराएका मध्ये ७ प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको नतिजा पोजेटिभ देखिएको छ । सरकारी तथ्यांक अनुसार हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ महिलाको मृत्यु हुने गरेको छ । यसलाई रोक्न राज्यले खरिद गर्न लागेको उपकरणमा पनि मेडिकल सप्लायर्स माफिया गिद्धे नजर लगाएर बसेका छन् । 

विभागको जवाफ

“कोभिड १९ लगायतका विभिन्न महामारीहरुको रोकथाम, प्रतिकार्य, उपचार तथा ब्यवस्थापन गर्न 5, 10, 15 शैयाका आधारभूत अस्पतालहरु, संघीय, प्रादेशीक तथा स्थानीय स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड (MSS)  अनुसारको स्तरोन्नती तथा सेवा सुदृढीकरणका लागि औजार उपकरणहरु खरिद, जडान तथा संचालन” शीर्षकमा खर्च गर्ने गरी निकासा भएको रकमबाट:-

DOHS/NCB-23/IDA/2080-081(Procurement of Colposcope and Thermocoagulator)

(१) लागत अनुमान तयार गर्न लिइएका आधारहरु:-

  (क) Thermo Coagulator सम्बन्धमा:-

Specification तयारी समितिबाट तयार भएको स्पेसिफिकेशन अनुसार लागत अनुमान तयार गर्न सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ उपनियम २(क) बमोजिम अन्य सार्वजनिक निकायहरुले चालु वा अघिल्ला वर्षहरुमा खरिद गरेको भए सो समेतलाइ आधार लिन निम्न सार्वजनिक निकायहरुमा पत्राचार गरि खरिद दर रेट लिइएको ।

१. श्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ,

२. श्री ललितपुर महानगरपालिका ललितपुर,

३. श्री गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज सप्तरी ।

   उक्त निकायहरु मध्ये ललितपुर महानगरपालिकाबाट मात्र आ.व. 2079/080 मा Thermo Coagulator खरिद भएको मूल्य प्राप्त भएको ।

सँङसँगै सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ उपनियम २(ख) बमोजिम निजि व्यवसायी (सम्भाव्य बोलपत्रदाता) सँग स्थानीय बजारको प्रचलित दर भाउ लिइएको मा निम्न निजि व्यवसायीहरुबाट बजार दर रेट प्राप्त भएको छ ।

१. मेडिसेल्स मेडिको फर्मा, मध्यपुर ठिमी भक्तपुर,

२. गोसाईकुण्ड मेडिसिन सप्लायर्स प्रा.लि. तारकेश्वर काठमाडौ,

३. सनराइज सर्जिकल हाउस, बुद्धनगर काठमाडौ,

४. जि.एच. मेडिहेल्थ कन्सर्न प्रा.लि. लोकन्थली भक्कतपुर

यसरी दरभाउ लिंदा प्राप्त दर रेट मध्ये न्यूनतम दर रेटलाइ आधार बनाइ चालु बर्षको Thermo Coagulator and Colposcope को लागत अनुमान तयार गरिएको छ

(२) Thermocoagulator Machine विभागले विगत देखि नै खरिद गर्दै आइरहेको छ । परिवार कल्याण महाशाखाको कार्यक्रमको लागि यो सामानको आवश्यकता भइ खरिद गर्ने गरिएको छ । खरिद गरेको मुल्यलाई समेत आधार बनाइएको छ । स्पेशिफिकेसन तयार गर्दा सार्वजनिक खरिद ऐन २०६३ को दफा (४) को मालसामान, निर्माण कार्य र सेवाको विवरण तयार गर्नुपर्ने भन्ने व्यवस्थाको परिपालना गर्दै उपदफा (२) मा भएको व्यवस्था वस्तुगत प्राविधिक तथा गुणस्तरजन्य विशेषता र कामको आधारमा तयार गरिएको छ । कुनै खास व्राण्ड, ट्रेडमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार, उत्पति वा उत्पादकको नाम उल्लेख गरिएको छैन ।

स्वास्थ्य सेवा संवेदनशिल सेवा हो । यसमा प्रयोग हुने उपकरणहरु लाई गुणस्तर तथा सेवा प्रदान गर्न आवश्यक पर्ने पक्षहरुलाई बढी ध्यानमा दिइ यससँग सम्बन्धित विशेषज्ञ चिकित्सक, वायोमेडिकल इन्जिनियर, प्रयोगकर्ता, कार्यक्रमसँग सम्बन्धित प्राविधिकहरु समेतको सहभागीतामा तयार गर्ने गरिएको छ ।  विभागको हालसम्मको अनुभव  अनुसार यस किसिमको उपकरणहरुको उत्पादक कम्तीमा पनि ३ वटा रहेको छ । जसमा Liger Medical, WISAP , MedGyn हरु रहेका छन ।

(३) खरिद गरिने सामाग्रीको गुणस्तर प्रमाण पत्र माग गर्नु पर्ने आधार:-

  • जन-स्वास्थ्य र सो सम्बन्धित विषयको सुरक्षा व्यवस्था कायम गर्ने कार्य संयुक्त राज्य अमेरिकाको संघीय सरकारको निकाय USFDA(U.S.Food and Drug Administration)ले गर्दछ ।यसले मानव स्वास्थ्य संग सम्बन्धित औषधि र औजार उपकरणको प्रमाणीकरण गरेर Certificate जारी गर्ने गर्दछ ।
  • Europen CE युरोपेली संघको मेडिकल उपकरण नियमन (EU MDR2017/745) द्वारा तोकिएका सवै शर्तहरु Notified Body बाट अडीट पछी युरोपियन देशहरुमा उत्पादित मेडिकल उपकरणहरुको CE Certification हुने गर्दछ ।
  • औजार उपकरण हरुको गुणस्तर परिक्षण (Quality Test) गर्ने नियामक निकाय नेपालमा छैन । सो कारणले बायो मेडिकल उपकरणहरु खरिद गर्दा उपकरणको प्रकृति हेरी CE & USFDA बाट Certify भएका कम्पनीद्वारा उत्पादित औजार उपकरण खरिद गर्नु पर्ने हुन्छ ।महिलाको पठेघरभित्र प्रवेश गराएर क्यान्सरका बृद्धि हुँदै गरेका सेलहरूलाइ डढाएर (तापिय विधि द्वारा) उपचार गर्ने प्रकृतिका र मानव शरिरका विभिन्न अंगभित्रका कृयाकलाप, अवस्था, Cells (कोष) तथा Tissue (तन्तु) हरुको हेर्ने तथा अध्ययन गर्ने जटिल प्रकृतिका मेसिन खरिद गर्दा मानविय संवेदनसिलता, जटिलता, अन्य उपलब्ध औजार उपकरणको उपलब्धता र शिपलाइ ध्यानमा राखेर उपचार गर्न सहजता हुने गरी उत्पादक कम्पनी CE&USFDA Certify भएको हुनु पर्ने गरी उपलब्ध भए मध्येका गुणस्तरिय सामाग्री खरिद गर्ने उद्देश्य लिइएको छ सोही बमोजिम खरिद गरिने सामाग्रीहरुमा गुणस्तर प्रमाण पत्र माग गरिएको हो ।
  • गुणस्तर प्रमाण पत्र नभएका उपकरणहरु प्रयोग नगरे सम्म गुणस्तर थाहा हुँदैन, प्रयोगको अवस्था सम्म आइपुग्दा सरकारी राजश्व खर्च भइ सकेको हुन्छ भने गुणस्तर हिन र मानविय सुरक्षाको सुनिश्चिता नहुने प्रकृतिका समान खरिद हुने खतरा रहन्छ । गुणस्तरयुक्त, टिकाउ र मानविय सुरक्षाको सुचिश्चिता हुने प्रकृतिका समाग्री खरिदको लागि CE & USFDA Certify भएका कम्पनीद्वारा उत्पादित औजार उपकरण खरिद गर्न वोलपत्रको Standards and Safety Requirements मा CE & USFDA Certificate माग गरिएको हो ।

(४) बोलपत्रदाताको योग्यता र छनौटका आधारहरु World Bank sf] Standard Procurement Document (Tow Envelope Bidding Process Under June 2021) अनुसार एवं विगतमा विभागले प्रयोग गरे अनुसार नै रहेको छ । नमुना Document संलग्न छ ।

(५)  प्रस्तुत खरिद प्रक्रिया World Bank sf] Procurement Guideline अनुसरण गरि No Objection प्राप्त भए पछि खरिद प्रक्रिया गरिएको हो । तसैले यसमा भएका Qualification Criteria k’0f{?kdf World Bank sf] Procurement Guideline  पालना गरि गरिएको छ , तर Reference को रुपमा सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रकाशित नमुना बोलपत्र कागजतमा रहेका Qualification Criteria पनि लिइएको छ ।

(६) Performance Gurantee को हकमा विश्व बैंकको बोलपत्र नमुना कागजलाइ प्रयोग गर्नु पर्ने भएको हुनाले World Bank sf] Standard Procurement Document (Tow Envelope Bidding Process Under June 2021) को GCC 18.1 मा तोकिए बमोजिम संझौता रकमको १० प्रतिशत हुने गरी व्यवस्था गरिएको छ ।

(७) बोलपत्रमा उल्लेखित उपकरणहरुको स्पेशिफिकेसन तयार गर्दा यससँग सम्बन्धित विशेषज्ञ चिकित्सक, वायोमेडिकल इन्जिनियर, प्रयोगकर्ता, कार्यक्रमसँग सम्बन्धित प्राविधिकहरु समेतको सहभागीतामा बृहत् छलफल पश्चात् तयार गर्ने गरिएकोले कुनै एक खास उत्पादकलाई मात्र लक्षित गरिएको छैन ।जसमा Thermocoagulator को लागि कम्तिमा पनि  Liger Medical, WISAP , MedGyn जस्ता उत्पादक कम्पनीहरु वोलपत्रमा सहभागी हुन सक्ने छन् ।

(८) खरिद गर्न लागिएको सामाग्री World Bank को श्रोत तर्फको भएको हुनाले World Bank प्राप्त सुझाव र मिति २०८०/०६/१७ गते World Bank का प्रतिनिधी तथा खरिद विज्ञ श्री चन्द्रकिसोर मिश्र सहितको बैठकमा भएको छलफलको निर्णयमा “विश्वबैंक तर्फको बजेटबाट चालु आ.व.मा खरिद हुने औजार उपकरणहरुको सम्बन्धमा बोलपत्र आह्वान गर्दा समान प्रकृतिका औजार उपकरणहरुको यथा सम्भव ठूलो प्याकेज बनाइ बोलपत्रको संख्या कम गर्ने र STEP मा Posting भइ सकेका बोलपत्रहरुको समेत समान प्रकृतिका औजार उपकरणहरुको अलग अलग वोलपत्र नगरी कम प्याकेज मै अधिकतम Item समेटी वोलपत्र आह्वान गर्ने” भन्ने निर्णय भए बमोजिम विश्व बैंकबाट  Document Review तथा Approval लिइ बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि वढाइएको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com