स्वास्थ्यमा मोहन बस्नेतको घिन लाग्दो कर्तुत, समूह मिल्नेलाई भन्दा मन मिल्नेलाई जिम्मेवारी “परिक्षाको घडीमा उपेन्द्र”


काठमाण्डौ । राज्यको नीति स्वदेशमै रोजगारीको सृजना गर्ने रहेको छ । यसो भन्नुको तात्पर्य हरेक वर्ष बेरोजगार तन्नेरी युवा युवतीलाई रोजगारी दिदै लैजानु हो । पाई रहेको रोजगारी खोस्नु हैन ।

नेपाली कांग्रेसले रोजगारीको सृजना गर्ने विषय आफ्नो चुनावी घोषणा पत्रमै समावेश गरेको छ । तर, कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका एक जना मन्त्री मोहन बहादुर बस्नेतले एक वर्षको बिचमा १ हजार बढी स्वास्थ्यकर्मी र ड्राइभरले वर्षौ देखि खाइरहेको रोजगारी खोसे । उक्त रोजगारी खोसिएका मध्ये केही व्यक्तिहरू विदेश जान बाध्य भएको हामीले अनुमान गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमै विशेषज्ञ चिकित्सक सहित ७ सय बढी कर्मचारी फाजिलमा राखिएको छ । अदालतको आदेश ल्याएर तलब पाउने बाहेक अधिकांशले महिनौँ देखि पाउने तलब भत्ता समेत पाएका छैनन् । विशेष चिकित्सक तर्फ डा राधिका थपलिया, डा यदु चन्द्र घिमिरे हाजिर मात्रै गर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश संघियतामा गएसँगै कर्मचारीको सांगठनिक संरचना तयार पारेको थियो । पद नाम अनुसार जिम्मेवारी बाँडफाँड गर्न तयार पारिएको संरचनालाई बस्नेतले “धोती” लगाइदिएका छन् । यसो भन्नुको अर्थ समूह अनुसार जिम्मेवारी दिएनन् ।

बस्नेतले स्वास्थ्यका महत्वपूर्ण शाखा महाशाखामा समूह मिल्नेलाई भन्दा पनि मन मिल्नेलाई जिम्मेवारी दिएका छन् । अधिकारीहरूले बताए अनुसार कर्मचारीको क्षमता भन्दा पनि पहिला उसको समूह पहिचान गरेर जिम्मेवारी दिनुपर्छ । समूह अनुसार जिम्मेवारी दिएपछि उसको काम हेर्ने हो । तर, काम नै नहेरी समूह भन्दा बाहिरको व्यक्तिलाई शाखा महाशाखाको जिम्मेवारी दिने र दरबन्दी मिल्नेलाई काम विहीन बनाउनु राम्रो हैन ।

समूह नमिलेका केही जिम्मेवारी

स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी पूर्व निर्देशक डा राधिका थपलिया दुई वर्ष भन्दा बढी समय देखि जिम्मेवारी विहीन भएर बसेकी छन् । समकक्षी व्यक्तिले दुई भन्दा बढी अधिकार लिएर बस्दा उनी वर्षौ देखि काम विहीन भएकी छन् । एक कर्मचारी एक जिम्मेवारी गर्दा पनि स्वास्थ्यमा धेरै फाजिल हुने अवस्था रहदैन । तर, थपलियाको क्षमताको मूल्यांकन राज्यले गर्न सकेको छैन ।

एउटा महिला कर्मचारी माथि मन्त्रीले गरेको यो एक किसिमको अत्याचार हो । कयौं वर्ष दुखगरी अध्ययन गरी सरकारी सेवामा प्रवेश गरेको कर्मचारीलाई लामो समय फाजिलमा राख्दा उनीहरूको मन मस्तिष्क मानसिक रूपमै बिछिप्त हुँदै जान्छ । यी कुराहरूलाई हालका मन्त्रीले अवश्य बुझ्नुपर्छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा आएका उपेन्द्र यादवले स्वास्थ्यमा देखिएको समूह विपरित भएको नियुक्ति बदर गरेर समूह र दरबन्दी अनुसारलाई मात्रै जिम्मेवारी दिनुपर्छ । सुरुमा यसलाई सच्याएर अगाडि बढ्न सकेको खण्डमा मात्रै उनले स्वास्थ्यलाई सही रुपमा अगाडि बढाउँछन् भनेर सहयोग गर्न सकिन्छ ।

त्यस्तै बस्नेतले डा यदु चन्द्र घिमिरेलाई पनि जिम्मेवारी विहीन बनाएका छन् । उनी एकीकृत चिकित्सा समूहका हुन् । घिमिरेको दरबन्दी कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडा हो । आफ्नो दरबन्दी हुँदा हुँदै फाजिलमा राख्नेकाम भएको हो ।

यता डा प्रकाश प्रसाद शाह : पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहका हुन् ।
शाहको दरबन्दी स्वास्थ्य सेवा विभागमा रहेको छ । सरकार आफैले बनाएको संरचना अनुसार शाहको दरबन्दी स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, परिवार कल्याण महाशाखा, क्षयरोग नियन्त्रण केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एड्स रोग नियन्त्रण केन्द्र र नीति योजना महाशाखा रहेको छ ।

पहेए समूहको निर्देशक तीन जना रहेको छन् । जस मध्ये डा विवेक लाल परिवार कल्याण महाशाखामा छन् । उनको समूह र दरबन्दी मिल्छ । डा अनुज भट्टचन समूह अनुसार दरबन्दी मिल्दैन । भट्टचन स्वास्थ्य तालिम केन्द्रमा छन् । त्यता पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहका डा प्रकाश प्रसाद शाह दरबन्दी हुँदा हुँदै पनि धेरै जसो फाजिलमा बस्नु परेको छ । जिम्मेवारी पाउँदा पनि समूह मिल्ने ठाउँमा पाएका छैनन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको दरबन्दी भएपनि हाल उक्त शाखामा फरक समूहका डा रुद्र प्रसाद मरासिनीलाई निर्देशकको जिम्मेवारी दिइएको छ । यता एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको दरबन्दीमा जनरल सर्भिसेज समूहको डा सञ्जय कुमार ठाकुरलाई निर्देशकको जिम्मेवारीमा राखिएको छ ।

त्यसैगरी क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको हो । तर, उक्त केन्द्रमा जनरल हेल्थ सर्भिसेज समूहका फिजिसियन डा प्रज्ज्वल श्रेष्ठलाई दिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा (हेई) समूहको दरबन्दी भएपनि त्यहाँ हाल हड्डीको डाक्टरलाई जिम्मेवारी दिएको छ । उपचारात्मक महाशाखामा जहेस समूहको दरबन्दी भएपनि फरक समूहको व्यक्तिलाई निर्देशक बनाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पनि दरबन्दी अनुसारको जिम्मेवारी दिएको छैन ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रको निर्देशक स्वास्थ्य शिक्षा समूहको भएपनि पनि (हेई) समूहको व्यक्तिलाई खटाइएको छ । यी र यस्ता अनेक बेथितिको बिउ बस्नेतले छरेर गएका छन् । स्वास्थ्यमन्त्री बस्नेतको घिन लाग्दो कर्तुतले स्वास्थ्य क्षेत्रमा धेरै बेथिति भित्रिएको छ । यसलाई सुधार गर्ने अवस्थामा उपेन्द्र यादव पुगेका छन् । उनले यो बेथिति सुधार गर्छन् वा यसैगरी अगाडि बढ्छन् त्यो पछिको कुरा हो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##mohp nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com