बधशाला निर्माणमा भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं । बधशाला निर्माणमा भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पशु अस्पताल तथा पशुसेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढासमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगु कार्यालयले आ.व. २०७५/०७६ को पशु बधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान भ्रष्टाचार गरेको ठहर गरेको हो ।

यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०८१।०३।२३ गते ।

प्रेस विज्ञप्ति

 

   विषय: आरोपपत्र दायर गरिएको ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगु कार्यालयले आ.व. २०७५/०७६ को पशु बधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अस्पताल तथा पशुसेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढाले साविक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगु हाल पशु अस्पताल तथा पशु सेवा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष: २०७५/०७६ मा भेडा खरिद तथा गोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यिय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौता भई गोठ निर्माण कार्यमा फिल्डमा नभए/नगरेको कामलाई समेत भए गरेको भनी नापी किताव, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी बिलमा प्रविष्ट गराई सोही अनुसारका झुट्टा बिल भरपाई बनाई बनाउन लगाई स्वीकृत गरी रु.3,99,821।33 बढी भुक्तानी गरेको, कर्णाली एकीकृत महिला विकास मञ्चको बधशाला मासु सेन्टर भवन निर्माणमा फिल्डमा बास्तविक भए गरेको काम भन्दा बढी काम भएको भनी नापी किताव, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी बिल तयार गरी/गराई रु.12,23,700।36 बढी भुक्तानी गरेको एवं रावत मासु पसल भवन निर्माण कार्यमासमेत बास्तबिक भए गरेको काम भन्दा रु.4,46,927।94 बढी भुक्तानी गरी सरकारी सम्पत्तिको हिनामिना हानिनोक्सानी गरेको पुष्टि भएकोले निजले ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको भेडा गोठ निर्माणमा रु.3,99,821।33, कर्णाली एकीकृत महिला विकास मञ्चको बधशाला मासु सेन्टर भवन निर्माणमा रु.12,23,700।36 र रावत मासु पसल भवन निर्माणमा रु.4,46,927।94 समेत गरी जम्मा रु.20,70,449।63 (बीस लाख सत्तरी हजार चार सय उनान्पचास रुपैयाँ पैसा त्रिसठ्ठी) बराबरको बास्तविक फिल्डमा नभए/नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी बिलमा प्रविष्ट गरी गराई सोही अनुसारका बिल भरपाई स्वीकृत गरी झुट्टा बिल भरपाई बनाई बनाउन लगाई भुक्तानी समेत लिई/दिई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो रु.20,70,449।63 (बीस लाख सत्तरी हजार चार सय उनान्पचास रुपैयाँ पैसा त्रिसठ्ठी) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय गरी बिगो असुल उपर हुन तथा फिल्डमा नभए/नगरेको कामलाई भए गरेको भनी झुट्टा बिल भरपाई बनाई बनाउन लगाई सोही प्रतिवेदनको आधारमा भुक्तानी समेत गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ।

छाँयानाथ रारा नगरपालिका मुगुका तत्कालीन इन्जिनियर हरि देव पंडित र सव-इन्जिनियर विष्णु भक्त हितानले कर्णाली एकीकृत महिला विकास मञ्चको बधशाला मासु सेन्टर भवन निर्माणमा रु.12,23,700।36 र रावत मासु पसल भवन निर्माणमा रु.4,46,927।94 समेत गरी जम्मा रकम रु.16,70,628।30 (सोह्र लाख सत्तरी हजार छ सय अठ्ठाइस रुपैयाँ पैसा तीस) बराबरको बास्तविक फिल्डमा नभए/नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी बिलमा प्रविष्ट गरी गराई सोही अनुसारका झुट्टा बिल भरपाई बनाई बनाउन लगाई भुक्तानी समेत लिई/दिई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (ग) र (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई बिगो रु.16,70,628।30 (सोह्र लाख सत्तरी हजार छ सय अठ्ठाइस रुपैयाँ पैसा तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं फिल्डमा नभए/नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी बिलमा प्रविष्ट गरी गराई सोही अनुसारका बिल भरपाई चेकजाँच, पेस गरी गराई झुट्टा बिल भरपाई बनाई बनाउन लगाई सोही प्रतिवेदनको आधारमा भुक्तानी समेत गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदावी लिइएको छ।

ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका संचालक सुर बहादुर बुढाले साविक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगु हाल पशु अस्पताल तथा पशु सेवा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०७५/०७६ मा भेडा खरिद तथा गोठ निर्माण कार्यको सम्झौता भई गोठ निर्माणमा बास्तविक फिल्डमा भएको कामको नापजाँच गरी ठीक दुरुस्त फिल्डमा भएको काम अनुसारको परिमाण मात्र नापी किताव समेतका कागजातमा प्रविष्ट गरी/गराई तयार गर्नु गराउनु पर्नेमा नभए नगरेको काम समेत भए गरेको भनी नापी किताव समेतका कागजातमा प्रविष्ट गर्न लगाई नापी किताव समेतमा सही दस्तखत गरी छाप समेत लगाई झुट्टा बिल भरपाई सहित भुक्तानीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगुमा पेस गरी भए गरेको कार्य भन्दा रु.3,99,821।33 बढी भुक्तानी लिई/दिई निजले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो रु.3,99,821।33 (तीन लाख उनान्सय हजार आठ सय एक्काइस रुपैयाँ पैसा तेत्तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।

कर्णाली एकीकृत महिला विकास मञ्चका संचालक राधिका मल्लले साविक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगु हाल पशु अस्पताल तथा पशु सेवा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली एकीकृत महिला विकास मञ्चको बधशाला मासु सेन्टर भवन निर्माण कार्यको लागि सम्झौता भई उक्त बधशाला निर्माण कार्यमा बास्तविक फिल्डमा भएको कामको नापजाँच गरी ठीक दुरुस्त फिल्डमा भएको काम अनुसारको परिमाण मात्र नापी किताव समेतका कागजातमा प्रविष्ट गरी गराई तयार गर्नु गराउनुपर्नेमा नभए नगरेको काम समेत भए गरेको भनी नापी किताव समेतका कागजातमा प्रविष्ट गर्न लगाई नापी किताव समेतमा सही दस्तखत गरी छाप समेत लगाई झुट्टा बिल भरपाई सहित भुक्तानीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगुमा पेस गरी गराई भए गरेको कार्य भन्दा रु.12,23,700।36 बढी भुक्तानी लिई/दिई निजले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रु.12,23,700।36 (बाह्र लाख तेइस हजार सात सय रुपैयाँ पैसा छत्तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।

रावत मासु पसलका संचालक तिलक बहादुर रावतले साविक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगु हाल पशु अस्पताल तथा पशु सेवा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०७५/०७६ मा रावत मासु पसल भवन निर्माण कार्यमा बास्तविक फिल्डमा भएको कामको नापजाँच गरी ठीक दुरुस्त फिल्डमा भएको काम अनुसारको परिमाण मात्र नापी किताव समेतका कागजातमा प्रविष्ट गरी गराई तयार गर्नु गराउनुपर्नेमा अन्य प्रतिवादीहरु सँगको मिलोमतोमा बदनियत राखी नभए नगरेको काम समेत भए गरेको भनी नापी किताव समेतका कागजातमा प्रविष्ट गर्न लगाई त्यसरी तयार भएका नापी किताव समेतमा सही दस्तखत गरी छाप समेत लगाई झुट्टा बिल भर्पाई सहित भुक्तानीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगुमा पेस गरी भए गरेको काम भन्दा रु.4,46,927।94 बढी भुक्तानी लिई/दिई निजले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो रु.4,46,927।94 (चार लाख छयालिस हजार नौ सय सत्ताइस रुपैयाँ पैसा चौरान्नव्वे) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 

प्रवक्ता

नरहरि घिमिरे

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ