सहकारी मन्त्रालबाट आएका २ सहसचिवलाई सामान्यमा जिम्मेवारी तोकियो, घिमिरे प्रशासनमा, पोखरेल महानिर्देशक
	
                                            काठमाडौं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भित्रिएका दुई सहसचिवले जिम्मेवारी पाएका छन्। मन्त्रालय अन्तर्गतको सहकारी विभागबाट सरुवा भएर आएका पिताम्बर घिमिरेले सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्।
सहकारी विभागको अधिकार कटौती भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका घिमिरेले कर्मचारीको सरूवा हेर्ने महाशाखा पाएका हुन्। सरूवा मन्त्रालयको रूपमा परिचित सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखालाई आकर्षक ठाउँका रूपमा हेरिन्छ। कर्मचारी प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको गृह मन्त्रालय सरुवा भएपछि उक्त महाशाखा खाली थियो। खाली ठाउँ सहसचिव घिमिरेले भरेका छन्।
त्यस्तै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालय भित्रिएका श्रवणकुमार पोखरेल निजामती किताब खानाको महानिर्देशन बनेका छन्। भूमि व्यवस्था मन्त्रालयको जग्गा प्रशासन हेर्ने पोखरेलको मन्त्री बलराम अधिकारीसँग ट्युनिङ नमिलेपछि मन्त्रालयबाट सरुवा मागेर हिँडेका थिए। उन कर्मचारीको विवरण राख्ने निजामती किताबखानाको महानिर्देशक बनेका हुन्। विभिन्न जिल्लाको सिडिओ चलाएका उनी चलायमान सहसचिव हुन्। निजामती किताबखानाका महानिर्देशक बैकुण्ठनिधि शर्मा अवकाशमा गएपछि उक्त ठाउँ खाली थियो। पोखरेलले उक्त जिम्मेवारी पाएका छन्।
निजामती किताबखानाको उपमहानिर्देशक भने सहसचिव लक्ष्मी पाण्डेय गौतम भएकी छिन्। निजामती किताबखानाको महानिर्देशक रहेकी मिरा आचार्य मन्त्रालय आएपछि उक्त पद रिक्त थियो। वरिष्ठ अध्यागमन अधिकृतबाट सहसचिवमा बढुवा भएकी लक्ष्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पदस्थापन भई मन्त्रालयमा सरुवा भएर निजामती किताबखानाको ‘सेकेन्ड म्यान’ भएर गएकी हुन्। शिक्षाका सहसचिव नन्दलाल पौडेललाई भने निजामती किताबखानाको (शिक्षा) हेर्ने गरी जिम्मेवारी तोकिएको छ।
क्याटेगोरी : समाचारट्याग : #नन्दलाल पौडेल, #पिताम्बर घिमिरे, #लक्ष्मी पाण्डे गौतम, #श्रवणकुमार पोखरेल

				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस