औषधि व्यवस्था विभागका महानिर्देशकको ब्रह्मलुट, कमाउनकै लागि क्षेत्राधिकार बाहिरको अधिकार प्रयोग


काठमाडौँ । साढे दुई वर्ष औषधि व्यवस्था विभागको नेतृत्वबाट बाहिर बसेर रुखिएका नारायणप्रसाद ढकाल नेतृत्वमा पुगेर जथाभावी निर्णय गर्दै हिँडेपछि उनीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी पर्न थालेको छ। 

भरत भट्टराई औषधि व्यवस्था विभागको महानिर्देशक पदमा २ माघ २०७८ नियुक्त भएपछि त्यस समयका महानिर्देशक ढकाल राष्ट्रिय औषधि प्रयोगशाला सरुवा भएका थिए। तर, ढकाल प्रयोगशाला नबसेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा करिडोरमा पुगेका थिए। 

नारायणप्रसाद ढकाल

करिब साढे दुई वर्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको करिडोरमा हल्लिएर जिम्मेवारीविहीन बन्दा ढकाल खडेरीमय भएका थिए। लामो अवधि जिम्मेवारीविहीन हुँदा ढकाल जो कोही व्यक्तिलाई आफ्नो विरोधी देख्न थालिसकेका थिए। तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उनलाई उद्धार गर्दै १७ जेठ २०८० मा भरत भट्टराई हटाएर औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारीमा फर्काए। 

जब ढकाल विभागमा हाजिर भए साढे दुई वर्षदेखि सुकेका मुहान फुटाउने योजना अनुसार काम हुन थाले। रसाउन नसक्ने मुहान बन्द गराउँनतर्फ ढकाल अग्रसर देखिएका छन्। औषधि व्यवस्था विभागका कर्मचारीहरू ढकालबाट अजित भएका छन्। अहिले ढकालका नातेदार स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निजी सचिवालयमा भएकाले पनि ढकाललाई सजिलो भएको छ। 

ढकाल महानिर्देशक भए यता विभागमा ब्रह्मलुट सुरु भएको त्यहाँका कर्मचारीहरू बताउँछन्। व्यापारीहरूले पाएको दुःखकाबारेमा त कुरै गर्नुपर्दैन। जसले औषधि व्यवस्था विभागसँग काम गर्नुपरेको छ, त्यो संस्था वा व्यक्ति गर या मरको अवस्थामा छन्।

ढकालले कमाउनकै लागि आफ्नो क्षेत्राधिकारबाहिर गएर पनि साना देखि ठूला व्यवसायीलाई दुख दिने गरेको पाइएको छ। केही समय अगाडि सम्मानित अदालतले समेत आहार पुरक खाद्य पदार्थको विषयमा विभागको क्षेत्राधिकार नभएको स्पष्टै पारेको छ। 

राष्ट्रिय सतर्कता केन्द्र  दर्ता नम्बर ५०७० मा दर्ता भएको एउटा निवेदनले पनि भनेको छ, ‘विभागको कार्यक्षेत्र मित्र नपर्ने एउटा कस्मेटिक्स प्रवृत्तिको उत्पादन दर्ता गर्न विभाग लागिपरेको देखिन्छ ।’, यसमा पैसा देखेका ढकाल नियम कानुनको बाटोमाभन्दा पनि आर्थिक जिविकोपार्जनको बाटोमा जवरजस्त लागेको पाइन्छ। कस्मेटिक्सको अनुगमन गर्ने अधिकार भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गर्ने  भन्दा पनि क्षेत्राधिकारमै नपरेको अधिकार प्रयोग गर्दै आफूलाई सहयोग नगर्ने उद्योग र त्यस्ता पसलमा छापामार्नेकाम ढकालले गर्दै आएका छन्।

राष्ट्रिय सतर्कता केन्द्रको उजुरीमा भनिएको छ, ‘पहिले सुनियोजित रुपमा कार्यक्षेत्र भित्र नपर्ने कस्मेटिक्स उद्योगको निरीक्षण गरि सो उद्योगलाई बन्द गरियो अनि कस्मेटिक्स उद्योग को साहुलाइ बोलाएर विभागमा दर्ता हुनु पर्ने बाध्यात्मक परिस्तिथि बनाइयो।’, ‘अहिले उत्पादन दर्ता गर्न ठूलो रकम को बार्गेनिङ गरिसकेको अवस्था छ। यसरि कार्यक्षेत्र भित्र नपर्ने उद्योगलाई आतंक देखाई पैसा कमाउन निरीक्षण महाशाखाका केही कर्मचारीहरू तत्पर देखिन्छन्’, उजुरीमा भनिएको छ। 

ढकालविरुद्धमा कयौं उजुरी अख्तियारमा परेपनि अनुसन्धान किन प्राथमिकतामा परेन भन्ने गम्भीर प्रश्न खडा भएको छ। उनीविरुद्ध परेका उजुरीका विषयमा अख्तियारले तत्काल कारबाही अगाडि बढाउनु पर्ने देखिन्छ। अख्तियारको दुरुपयोग गर्न निरन्तर सक्रिय भएका ढकाल चूडामणि शर्माका नातेदार समेत हुन्। उनले चूडामणि कै शैलीमा औषधि व्यवस्था विभाग चलाइरहेको आरोप लाग्दै आएको छ। यसमा अख्तियार जस्ता निकायले एक्सन लिन जरूरी छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##DDA

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ