समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यकमा एन्टिबायोटिकको जोखिम बढ्दो

काठमाडौँ । चिकित्सकको सल्लाह बिना जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले एन्टिबायोटिक प्रतिरोधको खतरा बढ्दो छ । करिब ३५ वर्ष देखि नयाँ एन्टिबायोटिक बजारमा आएका छैनन् । पछिल्लो समय १९८० ताका कार्बापेनम र प्लोरोक्विनोलोन बजारमा देखा परेका थिए । त्यस यता नयाँ एन्टिबायोटिकको छिटफुट बाहेक उत्पादन छैन ।
अधिकारीहरू भन्छन्, कम फाइदा र लगानी बढी भएकाले पनि व्यवसायीहरू एन्टिबायोटिक औषधिको उत्पादनमा खासै रुचि राख्दैनन् । नयाँ औषधि बजारमा नआउँदा सम्म चिकित्सकहरूले एन्टिबायोटिक प्रतिरोधको जोखिम र न्यूनीकरणबारे जानकारी दिँदै आएका छन् ।
निजी र सरकारी अध्ययनहरू हेर्दा प्रत्येक वर्ष एन्टिबायोटिक औषधिले काम नगरेकै कारण ६ हजार भन्दा बढी मानिसको मृत्यु भइरहेको छ । पछिल्लो सन् २०१९ मा भएको अध्ययन हेर्दा ३० हजार भन्दा बढीको मृत्युमा कुनै न कुनै रुपमा एन्टिबायोटिक प्रतिरोध जोडिएको थियो ।
नेपालमा थुप्रै प्रकारका एन्टिबायोटिक औषधि भएपनि अस्पतालमा चिकित्सकले प्रयोग गरेको विवरण हेर्दा २० देखि २२ प्रकारका एन्टिबायोटिक बढी चलाउने गरेको पाइएको छ । तर, ती सबै औषधि केही वर्ष अगाडि नै काम नगर्ने अवस्थामा पुगिसकेका छन् ।
सिनियर जेन्डर एडभाइजर लिन लिबरम्यान लरीले बताए अनुसार समलिंगीमा एन्टिबायोटिकले काम नगर्ने यौन रोगको सम्भावना बढी हुन्छ । लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायले सामाजिक कारणले उपचार सेवा लिन ढिलो गर्दा वा आफैँ औषधी किनेर खादा एएमआरको जोखिम बढ्छ उनले भनेका छन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय ९ीन्द्यत्क्ष्त्तं० मा एन्टिबायोटिकले असर नगर्ने यौन रोगको जोखिम बढ्दै गएको र त्यसमा पनि विशेष गरी समलिङ्गी पुरुषहरू मा उच्च देखिएको छ । विज्ञहरूले बताए अनुसार यौनिक अल्पसङ्ख्यक समुदायले समाजको भेदभाव र डरका कारण समयमै स्वास्थ्य सेवा लिन नसक्दा र आफैँले औषधि किनेर खाने प्रवृत्तिले गर्दा एन्टिबायोटिक प्रतिरोधको खतरा बढेको हो । “उनीहरू अस्पताल वा क्लिनिकमा खुलेर जान सक्दैनन् विवेका श्रेष्ठ भन्छिन् “धेरैले फार्मेसीबाट आफैं अनुमान गरेर औषधि लिन्छन्, जसले रोग पुरै निको नहुनुका साथै औषधि प्रतिरोधी बन्न सक्छ ।”
सरकारले यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित स्वास्थ्य सेवा विस्तार गर्ने प्रयास गरेको छ तर, पर्याप्त छैन । समावेशी र गोपनीयता नहुँदासम्म उनीहरू नियमित स्वास्थ्य प्रणालीमा आउन सक्दैनन् । नेपालमा अझै पनि यौन स्वास्थ्य तथा लैङ्गिक विविधताको विषयमा खुला बहस र नीतिगत प्राथमिकता आवश्यक देखिएको छ ।
नेपालको जनगणनाले “तेश्रो लिङ्ग” वा अन्य भन्ने विकल्प समावेश गरेको थियो । उक्त विवरणमा देशभरबाट २ हजार ९ सय २८ जनाले मात्रै सहभागिता जनाएका छन् । त्यसैले औपचारिक रुपमा भन्दा नेपालमा यौनिक र लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या २९२८ जना रहेको देखाइन्छ । तर, यस क्षेत्रमा वकालत गर्दै आएको संघ सस्था र व्यक्तिहरुको कुरा सुन्दा नेपालमा समलिङ्गि, तेश्रोलिङ्गी, ट्रान्सजेन्डर र इन्टरसेक्स व्यक्तिहरुको सङ्ख्या करिब ९ लाख रहेको छ । कुल जनसंख्याको १० प्रतिशत यो समुदायका व्यक्तिहरु हुने अनुमान अधिकारकर्मीहरुको रहेको छ ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ##AMR, ##mohp nepal
तपाईको प्रतिक्रिया दिनुहोस