मनमोहन मन्त्रिपरिषद्का सञ्चारमन्त्री नेपालको निधन

काठमाडौं। मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारका सञ्चारमन्त्री प्रदिप नेपालको निधन भएको छ। भोजपुरमा जन्मिएका नेपालको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
पार्किन्सन रोगबाट पीडित ७१ वर्षीय नेपाल नेकपा एमालेका स्थायी समिति सदस्य समेत हुन्।
मनमोहनको मन्त्रिपरिषद्मा माधवकुमार नेपाल उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री, सिपी मैनाली स्थानीय विकास तथा आपूर्तिमन्त्री हालका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री, भरतमोहन अधिकारी अर्थमन्त्री, राधाकृष्ण मैनाली कृषि तथा भूमिसुधारमन्त्री, मोदनाथ प्रश्रित शिक्षा, संस्कृति तथा समाजकल्याणमन्त्री प्रदिप नेपाल सूचना तथा सञ्चारमन्त्री र पद्मरत्न तुलाधर श्रम तथा स्वास्थ्यमन्त्री रहेका थिए। उक्त मन्त्रिमण्डलमा अशोककुमार राई, सलिम मिया अन्सारी, प्रेमसिंह धामी, सुवासचन्द्र नेम्वाङ, भीम रावल र हरि पाण्डे राज्यमन्त्री थिए।
नेपाल २०६३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद्मा शिक्षा तथा खेलकूदमन्त्रीको भूमिकामा थिए। एमालेमा केपी शर्मा ओलीको उदय भएपछि उनी छायाँमा परेका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस