केपी सरकारको जग हल्लाउने महान्यायाधिवक्ता बडालको निर्णय


काठमाडौं। महान्यायाधिवक्ता केशब बडालले केपी शर्मा ओली सरकारको जग हल्लाउने निर्णय गरेका छन्। सरकारमा प्रधानमन्त्री ओली पछाडि दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको परिवारलाई मुद्दा चलाउने निर्णय गरेर महान्यायाधिवक्ता बडालले सरकारको जग हल्लाउने निर्णय गरेको हुन्।

महान्यायाधिवक्ता बडालले उपप्रधानमन्त्री सिंहकी सहोदर दिदी रिता सिंह वैद्य जोडिएको बाल मन्दिर जग्गा हिनामिनामा मुद्दा चलाउने निर्णय गरेर सरकारको जग्गा हल्लाइदिएका छन्। प्रहरीको केद्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बाल मन्दिर प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णय उल्ट्याउँदै महान्यायाधिवक्ता बडालले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा सिंहसहित १७ जनाविरुद्ध ठगी मुद्दा चलाउने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच खटपट चलिरहेका बेला प्रधानमन्त्री ओलीका विश्वासपात्र बाल मन्दिर प्रकरणमा मुद्दा चलाउने निर्णय गरिदिएका हुन्। बाल मन्दिरको २९ रोपनी जग्गा हिनामिनामा सिंहको प्रत्यक्ष संलग्नता रहेको छ। उक्त प्रकरणले कांग्रेस-एमाले सत्तामा समेत विश्वासको संकट पैदा हुने अवस्था आएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ