अरुण गाउँपालिकाको आँखा स्वास्थ्य शिविरमा ११६ जनाले सेवा लिए


काठमाडौं। अरुण गाउँपालिकाको आँखा स्वास्थ्य शिविरमा ११६ जनाले सेवा लिएका छन्। गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा उनीहरूले सेवा लिएका हुन्।

अरुण गाउँपालिकाको प्रायोजन र नेपाल नेत्र ज्योति संघ, विराटनगर आँखा अस्पताल लगायत अन्य संघसंस्थाहरुको सहकार्यमा शल्यक्रियासहित सञ्चालित उक्त स्वास्थ्य शिविरमा ४५ जनाको सफल शल्यक्रिया सम्पन्न भएको छ। अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको सक्रियतामा उक्त आँखा स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको थियो। अरूण अध्यात्मिक प्रतिष्ठानमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ