बाल मन्दिर जग्गा हिनामिनामा सिंहसहित १७ जनाविरुद्ध ठगी मुद्दा

काठमाडौं। नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिजसम्बन्धी ठगी गरेको आरोपमा १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार काठमाण्डौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सिआईबीले सरकारी वकिलको कार्यालय मार्फत उपप्रधानमन्त्री प्रकाशमान सिंहकी सहोदर दिदी रिता सिंहसहित १७ जनाविरूद्ध ठगी मुद्दा दायर गरेको हो। जसमा ३ जना भारतीय नागरिक रहेका छन्। उनीहरूविरूद्ध ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
बाल मन्दिर ठगी मुद्दाका प्रतिवादीहरू
१) तत्कालिन अध्यक्ष रिता सिंह
२) तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्णशंकर साह
५) श्यामकुमार आले
६) सुवासकुमार पोखरेल
७) प्रचण्डराज प्रधान
८) रामकाजी गुरुङ
९) योगेन्द्रबहादुर शाही
१०) दीपक दास श्रेष्ठ
११) प्रविणराज जोशी
१२) मुरारीनिधि तिवारी
१३) पुरुषोत्तमराज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्तिप्रसाद पाण्डेय (भारतीय नागरिक)
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस