बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोशन पोखरेल र डा. संगीता भण्डारीको नाम चर्चामा

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नयाँ उपकुलपति नियुक्तिको तयारी भइरहेका बेला पूर्वस्वास्थ्य सचिव डा. रोशन पोखरेल र डा. संगीता भण्डारीको नाम अगाडि आएको छ।
तीन वर्षसम्म स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका डा. पोखरेल हालै मात्र अवकाश प्राप्त गरेका हुन्। स्वास्थ्य प्रशासनमा लामो अनुभव हासिल गरेका पोखरेल कार्यकालभरि कुनै ठूलो विवादमा आएनन् । चिकित्सा शिक्षा, जनस्वास्थ्य र नीतिगत तहमा उनको सशक्त उपस्थिति रहँदै आएको छ । उनै सुसंस्कृत व्यक्तिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व सम्हाल्न चाहेका छन्।
अर्कोतर्फ, डा. संगीता भण्डारी यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भइसकेकी अनुभवी व्यक्तित्व हुन्। यद्यपि, विगतका कार्यकालहरूमा उनी विभिन्न विवादमा समेत तानिँदै आएकी थिइन्।
भण्डारीको कार्यकाल पाटन र राप्ती दुवैतिर राम्रोसँग बितेन । उनका हरेक निर्णयमा अनियमितता जोडिएको थियो। उनी माथिका दर्जनौं उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन समेत भइरहेकोछ।
डा. संगीता भण्डारी स्वास्थ्य विज्ञान क्षेत्रमै लामो समयदेखि विवादित पात्रका रुपमा देशभर परिचित छन्। उनको कार्यकालमा एकपछि अर्को विवाद सतहमा आएका थिए — खासगरी ठेक्कापट्टा, उपकरण खरिद, आन्तरिक व्यवस्थापनमा देखिएका अपारदर्शिता लगायतका विषय थिए ।
यता तीन वर्षको सचिवकालमा डा डाक्टर रोशनले स्वास्थ्य नीतिमा स्थायित्व, प्रभावकारी बजेट व्यवस्थापन र कोभिड-१९ नियन्त्रणमा सक्रिय भूमिका खेलेका थिए। उनको कार्यकालमा कुनै ठूला विवाद सतहमा आएनन् ।
पछिल्लो समय सरकारप्रति जनविश्वास गुम्दै गएको छ। त्यसैले पनि उपकुलपति जस्तो पदमा नियुक्ति गर्दा विवादित व्यक्तिलाई ल्याएर जनविश्वास गुमाउने काम गर्नु हुँदैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस