असई विरोध खतिवडाको सवारी दुर्घटनामा निधन

काठमाडौं। नेपाल प्रहरीका असई विरोध खतिवडाको सवारी साधन दुर्घटनामा निधन भएको छ। सुनसरीको दुहबीमा पिकअप भ्यान दुर्घटना हुँदा खतिवडाको निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान डोङलेका अनुसार प्रदेश २/०१/००१ च ०२५१ नम्बरको पिकअप भ्यान विराटनगरका लागि जाँदै गर्दा सुनसरीको दुहबी नगरपालिका ३, फुटानीचोकमा दुर्घटना परी उनको निधन भएको हो। उक्त भ्यानमा असई खतिवडा कार्यालयको काममा शिलशिलामा विराटनगर जाँदै थिए। दुर्घटनामा परी पिकअप भ्यानका चालक र उनकी छोरी समेत घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस