स्वार्थ समूहलाई महत्त्वपूर्ण नियुक्ति दिलाएपछि प्रधानमन्त्री ओलीले भने, ‘आसेपासे पुँजीवादसँग मेरो चिनजान छैन’


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्टीकरण दिएका छन्। प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्।

स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, “पुुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूूर्ण हो।’’ प्रधानमन्त्री ओलीले यो कुरालाई निकै जोड दिएर भनेका छन्।

धितोपत्र बोर्ड, राष्ट्रिय बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्जलगायतका महत्त्वपूर्ण निकायमा स्वार्थ समूहले बोकेका मान्छे नियुक्त गरेपछि प्रधानमन्त्री ओलीले आसेपासे पुँजीवादसँग चिनजान नभएको दाबी गरेका छन्। उनको दाबी र यी निकायमा भएका नियुक्तिमा सन्तुलन देखिँदैन। भनाइ एउटा र गराइ अर्कै देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ