श्रीमान्-श्रीमती एकैपटक बने सामान्य प्रशासन समूहको उपसचिव

काठमाडौं। श्रीमान्-श्रीमती एकैपटक नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव बनेका छन्। लोक सेवा आयोगले लिएको प्रशासन सेवा, सामान्य प्रशासन सममूहको परीक्षामा श्रीमान्-श्रीमती उत्तीर्ण भएका हुन्।
लोक सेवा आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले निकालेको सूचना अनुसार राजन थापा र दुर्गाकुमारी दाहाल उपसचिवमा सिफारिस भएका छन्। आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा २३ जनामा रौतहटका राजन थापाको नाम १२ नम्बर र सिन्धुलीकी दुर्गाकुमारी दाहालको नाम २३ नम्बरमा सिफारिस भएको हो। प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा सिफारिस हुने राजन थापा र दुर्गाकुमारी दाहाल श्रीमान्-श्रीमती हुन्।
राजन र दुर्गासँगै सामान्य प्रशासन समूहको उपसचिवमा भोजराज भट्ट, अमरबहादुर वली, जेमा सुब्बा, महेश सुवेदी, खेमराज काफ्ले, टेकबहादुर वली, अमनकुमार कर्ण, अमितकुमार यादव, चन्द्रसिंह श्रेष्ठ, मधुकुमारी महतो, पर्वत गिरी र आशिष अर्याल सिफारिस भएका छन्। त्यस्तै चुरामणि अर्याल, अनुप ढकाल, नवराज बराल, प्रमोद खनाल, लक्ष्मी तिवारी, रस्मिता सिंखडा, डम्बरबहादुर जिसी, राजकुमार खत्री र धर्मराज लम्साल आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा सिफारिस भएका हुन्। उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियुक्ति दिएर कार्यक्षेत्रमा खटाउने छ।
आन्तरिक प्रतिस्पर्धाबाटै प्रशासन सेवा, राजस्व समूहको उपसचिवमा कपिल सिलवाल, प्रेमप्रसाद उपाध्याय, उपेन पाण्डेय, विकासकुमार रजक र प्रभात घिमिरेको नाम सिफारिस भएको छ।
लेखा समूहको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा प्रदीप खनाल, प्रमोद सिंखडा, शिवहरी न्यौपाने, देवराज लुईटेल र विष्णुहरि रेग्मी सिफारिस भएको छन्।
नेपाल न्याय सेवा, न्याय समूहको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा युडेन लामा, गायत्री बाह्रकोटी, महेन्द्रप्रसाद अधिकारी, सुभाष भट्टराई, नवीन गड्तौला, पुनम काफ्ले, किशोरकुमार भट्ट, सुभाष पोखरेल, दीपिका गजुरेल, धनबहादुर गिरी, उदयप्रकाश लिम्बू र रेश्मा बुद्धचार्य सिफारिस भएका छन्।
नेपाल न्याय सेवा, कानुन समूहको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा लोकमणि पाण्डे, प्रेमचन्द्र अर्याल र भुवन न्यौपाने सिफारिस भएका हुन्।
नेपाल न्याय सेवा, सरकारी वकिल समूहको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा परीक्षा ढकाल, प्रभात क्षेत्री, स्रेहा शर्मा र प्रकाश घिमिरे सिफारिस भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #दुर्गाकुमारी दाहाल उपसचिव, #राजन थापा उपसचिव
तपाईको प्रतिक्रिया दिनुहोस