दुई जोडी श्रीमान्-श्रीमती आन्तरिक प्रतिस्पर्धाबाट एकैचोटी उपसचिव भए


काठमाडौं। दुई जोडी श्रीमान्-श्रीमती एकैपटक नेपाल सरकारको राजपत्र द्वितीय श्रेणी (उपसचिव) भएका छन्। राजन थापा र दुर्गाकुमारी दाहाल तथा सुभाष भट्टराई र पुनम काफ्लेको जोडी आन्तरिक प्रतिस्पर्धाबाट एकैचोटी उपसचिव भएका हुन्।

लोक सेवा आयोगले लिएको प्रशासन सेवा, सामान्य प्रशासन सममूहको परीक्षामा राजन थापा र दुर्गाकुमारी दाहाल श्रीमान्-श्रीमती एकैचोटी उपसचिव बन्न सफल भएका छन्। त्यस्तै नेपाल न्याय सेवा, न्याय समूहमा पनि आन्तरिक प्रतिस्पर्धाबाट सुभाष भट्टराई र पुनम काफ्लेको जोडी एकैचोटी उपसचिव बनेका हुन्। राजन थापा र दुर्गाकुमारी श्रीमान्-श्रीमती हुन्। त्यस्तै सुभाष भट्टराई र पुनम काफ्ले पनि श्रीमान्-श्रीमती हुन्।

राजन थापा+ दुर्गाकुमारी दाहाल

लोक सेवा आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले निकालेको सूचना अनुसार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहमा आन्तरिक प्रतिस्पर्धाबाट राजन थापा र दुर्गाकुमारी दाहाल उपसचिवमा सिफारिस भएका छन्। त्यस्तै न्याय समूहको आन्तरिक प्रतिस्पर्धाबाटै सुभाष भट्टराई र पुनम काफ्ले पनि उपसचिव भएका छन्।

सुभाष भट्टराई+ पुनम काफ्ले

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा रौतहटका राजन थापाको नाम १२ नम्बर र सिन्धुलीकी दुर्गाकुमारी दाहालको नाम २० नम्बरमा सिफारिस भएको हो। त्यस्तै आन्तरिक प्रतिस्पर्धाबाटै नेपाल न्याय सेवा, न्याय समूहको उसचिवमा सुभाष भट्टराईको ४ नम्बर र पुनम काफ्लेको ६ नम्बरमा नाम सिफारिस भएको छ।

राजन र दुर्गासँगै सामान्य प्रशासन समूहको उपसचिवमा भोजराज भट्ट, अमरबहादुर वली, जेमा सुब्बा, महेश सुवेदी, खेमराज काफ्ले, टेकबहादुर वली, अमनकुमार कर्ण, अमितकुमार यादव, चन्द्रसिंह श्रेष्ठ, मधुकुमारी महतो, पर्वत गिरी र आशिष अर्याल सिफारिस भएका छन्। त्यस्तै चुरामणि अर्याल, अनुप ढकाल, नवराज बराल, प्रमोद खनाल, लक्ष्मी तिवारी, रस्मिता सिंखडा, डम्बरबहादुर जिसी, राजकुमार खत्री र धर्मराज लम्साल आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा सिफारिस भएका हुन्।

नेपाल न्याय सेवा, न्याय समूहको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा सुभाष र पुनमसहित युडेन लामा, गायत्री बाह्रकोटी, महेन्द्रप्रसाद अधिकारी, नवीन गड्तौला, किशोरकुमार भट्ट, सुभाष पोखरेल, दीपिका गजुरेल, धनबहादुर गिरी, उदयप्रकाश लिम्बू र रेश्मा बुद्धचार्य सिफारिस भएका छन्। प्रशासन र न्यायमा दुई जोडी उपसचिव बन्न सफल भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव जोडी, #दुर्गाकुमारी दाहाल, #पुनम काफ्ले उपसचिव, #राजन थापा उपसचिव, #सुभाष भट्टराई उपसचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ