कांग्रेसका वडाध्यक्षले बालेनले दिएको सुशासन समितिको जिम्मेवारी लिए


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) दिएको सुशासन समितिको जिम्मेवारी कांग्रेसबाट निर्वाचित वडाध्यक्षले लिएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले सुशासन समितिको संयोजकको जिम्मेवारी दिएका हुन्।

बालेनले वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर कार्कीलाई सुशासन समितिको संयोजक तोकेका थिए। कांग्रेस कै तिवारीलाई हटाएर कार्कीलाई संयोजक तोकेपछि जिम्मेवारी नलिने समाचार सार्वजनिक भएको थियो। तर, कार्कीले सुशासन समितिको संयोजकको जिम्मेवारी लिएका छन्।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकेका थिए। मेयर बालेनले सुशासन समितिको संयोजकबाट वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई दिएका थिए। कार्की कांग्रेस महामन्त्री गगनकुमार थापाको गृह वडाका वडाध्यक्ष हुन्। गगनको घर भएको रातोपुल कार्की कै कार्यक्षेत्रभित्र पर्छ। गगन कै जोडबलमा कार्कीले दोहोऱ्याएर वडाध्यक्ष बन्ने अवसर प्राप्त गरेका थिए।

१७ का अध्यक्ष नविन मानन्धरबाट सूचना प्रविधि समितिको संयोजकको जिम्मेवारी खोसेर वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिएका थिए। सम्पदा तथा पर्यटन समितिको संयोजकबाट वडा नम्बर ८ का अध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई दिएका हुन्। विधायन समितिको संयोजकबाट वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन हटाएर वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठलाई संयोजक तोकिएको छ। विधायन समितिको संयोजकको जिम्मेवारी श्रेष्ठले सम्हालिसकेकी छिन्।

महानगरको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रजापति इच्छुक देखिएका छन्। उनलाई जिम्मेवारी नलिन एमाले पार्टीपंक्तिभित्र ठूलो दबाव रहेको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #रोजिना श्रेष्ठ वडाध्यक्ष, #वडाध्यक्ष दलबहादुर कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ