सूर्यविनायकलाई बालमैत्री नगरपालिका घोषणा गर्न सहजकर्ता नियुक्त, २ नम्बरमा कार्की

काठमाडौं। सूर्यविनायक नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने उद्देश्यले १० वटै वडामा वडागत बालमैत्री सहजकर्ता नियुक्त गरिएको छ। २०८३ जेष्ठ मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्ने उदेश्यले १० वटै वडामा वडागत बालमैत्री सहजकर्ता नियुक्त गरिएको हो।
सूर्यविनायक नगरपालिका वडा नम्बर २ को बालमैत्री सहजकर्ता कविता कार्की नियुक्त भएको वडाध्यक्ष प्रदिप कार्कीले जानकारी दिए। नवनियुक्त सहजकर्ता कविता वडा कार्यालयमा स्वागत गर्दै आफ्नो वडालाई बालमैत्री वडा घोषणा गर्न वातावरण बनाउन सफल हुने वडाध्यक्ष कार्कीको विश्वास लिएका हुन्। लोकप्रिय वडाध्यक्ष कार्की आफ्नो वडालाई बालमैत्री वडा बनाउनका लागि निरन्तर क्रियाशिल छन्।
ट्याग : #प्रदिप कार्की वडाध्यक्ष, #बालमैत्री नगरपालिका, #सहजकर्ता कविता कार्की, #सूर्यविनायक नगरपालिका
तपाईको प्रतिक्रिया दिनुहोस