कुनैपनि भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्व संलग्न छैन: गृह मन्त्रालय


काठमाडौं। काठमाडौं गृह मन्त्रालयले कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्व संलग्न नरहेको दाबी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार आएको भन्दै गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्व संलग्न नरहेको दाबी गरेको हो।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिकामा तथा समाजिक सञ्जालमा आएका समाचार एवं प्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं। साथै विषयको गम्भीरतलाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं।’, मन्त्रालयका सहसचिव छवि रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने छानबिन र अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने पनि विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरिएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ