भूपाल बराल र दिनानाथ मिश्र सचिवमा बढुवा

काठमाडौं। सहसचिवद्वय भूपाल बराल र दिनानाथ मिश्र सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन तर्फका सहसचिव भूपाल बराल र प्राविधिक तर्फका सहसचिव दिनानाथ मिश्रलाई सचिवमा बढुवा गरेको हो।
वन तथा वातावरण मन्त्रालयमा कार्यरत सहसचिव बराल अवकाश प्राप्त सचिव गणेश पाण्डेको ठाउँमा बढुवा भएका हुन्। बैशाख २९ गतेदेखि नै पाण्डेले अनिवार्य अवकाश पाएपनि ढिला गरेर बराल सचिवमा बढुवा भएका हुन्। पाण्डेको ठाउँमा सचिव बढुवाका लागि बरालसहित डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस भएको थियो। १ नम्बरमा रहेका बराल सचिवमा बढुवा भएका छन्।
प्राविधिक तर्फको सचिव बढुवाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दिनानाथ मिश्रसहित चिरञ्जीवी चटौत र जगदिश्वर कर्माचार्यको नाम सिफारिस भएको थियो। जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवालले जेठ ५ गतेदेखि अनिवार्य अवकाश पाएपछि सचिव बढुवाका लागि सहसचिवत्रय मिश्र, चटौत र कर्माचार्यको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषद्को बैठकले मिश्रलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
क्याटेगोरी : विविध, समाचारट्याग : #दिनानाथ मिश्र, #भूपाल बराल
तपाईको प्रतिक्रिया दिनुहोस