आधा दर्जन सचिवको सरुवा: स्वास्थ्यमा महादेव पन्थ, मैनाली पर्यटनमा

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले आधा दर्जन बढी सचिवको सरूवा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सरूवा गरिएको छ। स्वास्थ्यको प्रशासन हेर्ने सचिवमा भने बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थ आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा चूडामणि पौडेल सरूवा भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पौडललाई शिक्षामा सरूवा गरिएको हो। शिक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई राष्ट्रपति कार्यालय सरुवा गरिएको छ।रामप्रसाद घिमिरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ। वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरूवा भएका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्माको लोकसेवा आयोगमा सरुवा गरिएको छ। लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मा वित्त आयोग पुगेका छन्। गण्डकी प्रदेशको प्रमुख सचिव रघुराम विष्टको महालेखा नियन्त्रकमा सरूवा गरिएको छ। उनी जागिरबाट ९ दिनमा सेवा निवृत्तभएर घर जाँदैछन्।
गण्डकी प्रदेशको प्रमुख सचिवमा शोभाकान्त पौडेलको पदस्थापन गरिएको छ। भूपाल बराल बागमती प्रदेशको प्रमुख सचिव बनेर जाने भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस