महादेव पन्थलाई रोकेर डिल्लीराम शर्मा बने स्वास्थ्य सचिव

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिव डिल्लीराम शर्मा भएका छन्। बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई स्वास्थ्य सचिव बनाउने प्रस्ताव गरिएपनि अन्तिममा लोक सेवा आयोगका सचिव डिल्लीराम शर्माले बाजी मारेका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रशासन हेर्ने सचिव हरिप्रसाद मैनालीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा भएपछि शर्मालाई स्वास्थ्य सचिवमा पठाइएको हो।
बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुगेका छन्। वित्त आयोगका सचिव किरणराज शर्मा लोक सेवा आयोग पुगेपछि डिल्लीराम विस्थापित भएका थिए। पर्वते किरणराजले पर्वत कै डिल्लीरामलाई विस्थापित गरेर लोक सेवा आयोग पुगेका छन्। लोक सेवा आयोगका सचिव डिल्लीराम सिंहदरबार बाहिरै रहेको स्वास्थ्य मन्त्रालयको सचिव बनेर जाने भएका हुन्। डिल्लीराम राष्ट्रपति कार्यालय, लोक सेवा आयोग हुँदै स्वास्थ्य मन्त्रालय पुगेका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस