सशस्त्रका डिआईजी ठाडा मगर एआईजीमा बढुवाका लागि सिफारिस


काठमाडौं। सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले ठाडालाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

डिआईजीको बरियतामा दोस्रो नम्बर रहेका ठाडाले पहिलो बरियताका कमल गिरीलाई पछि पार्दै एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। भोजपुरका गिरीलाई अरूण पारी धनकुटाका ठाडाले एआईजी बढुवामा पछाडि पारेका छन्। सशस्त्र प्रहरी बलको भावी नेतृत्व लिने गरी ठाडा मगर अघि बढेका हुन्।

सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश गौतमले अवकाश पाएपछि रिक्त पदमा गिरी र ठाडा मगरबीच मुख्य प्रतिस्पर्धा रहेको थियो। डिआईजीमा पहिलो नम्बरमा रहेका गिरीलाई उछिनेर ठाडा मगर एआईजीमा सिफारिस भएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ