सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दिर्घराज सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा, श्रीमती पनि भ्रष्टाचारी


काठमाडौं। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दिर्घराज सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोडारीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जनमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सोडारीविरुद्ध अख्तियारले १ करोड ८ लाख ३८ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता समेत रहेका सोडारीले अकुत सम्पत्ति आर्जनमा डामिएका हुन्।

सुदूरपश्चिम प्रदेशको पूर्वमुख्यमन्त्री सोडारीकी पत्नी गीता सोडारी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भइसकेकी छिन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोडारीलाई दोषी ठहर गरेको हो । गीतालाई ६ महिना कैद र १० हजार जरिवाना हुने विशेष अदालतको फैसाला गरेको थियो। श्रीमती भ्रष्टाचारी ठहर भएको एक वर्ष पुग्न लाग्दा पूर्वमुख्यमन्त्री सोडारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको हो। गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सोडारीसहित उनकी श्रीमती गीता र छोरा बबिलाई पनि बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

सोडारी सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्री हुन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधारमन्त्री हुँदै मुख्यमन्त्री भएका सोडारीले अकुत सम्पत्ति आर्जन गरेपछि भ्रष्टाचारमा डामिएका छन्। ३ महिने मुख्यमन्त्री सोडारीले करोड बढी ‘कालोधन’ थुपारेपछि अख्तियार लागेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #गीता सोडारी, #दिर्घराज सोडारी, #दीर्घ सोडारी मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ