भ्रष्टाचारी ठहर भएपछि सचिव हुन नपाएका स्याङ्जाली शर्मा र लामिछाने


काठमाडौं। भ्रष्टाचारी ठहर भएपछि स्याङ्जाका दुई जना सहसचिव सचिव हुनबाट रोकिएका छन्। स्याङ्जाली चूडामणि शर्मा र बुद्धिसागर लामिछाने विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि सचिव हुनबाट बञ्चित भएका हुन्। कर फर्स्योट आयोगमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शर्मालाई विशेष अदालतले ९ वर्ष कैद चार अर्ब १० करोड रुपैयाँभन्दा बढी जरिवाना हुने फैसला गरेको थियो। उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छन्।

सचिव बढुवाको मुखमा रहेका शर्मालाई २०७४ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि सचिव हुन पाएनन्। २०८० सालमा भ्रष्टाचारी ठहर भएपछि शर्मा सचिव हुने कुरै भएन। उनीसँगै सहसचिव भएका सचिव चलाएर अनिवार्य अवकाशमा जाँदा शर्मा भने भ्रष्टाचारी ठहर भएका हुन्।

२०२६ साल असोज ११ गते स्याङ्जामा जन्मिएका २०६५ साल चैतमा सहसचिव भएका थिए। भ्रष्टाचारी शर्मासँगै आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव भएका शिशिरकुमार ढुंगाना, सूर्यप्रसाद आचार्य, गोपीनाथ मैनाली, पूर्णचन्द्र भट्टराई, विनोद केसी, कृष्णप्रसाद देवकोटा, बेगेन्द्रराज शर्मा पौडेल सचिव भएर अनिवार्य अवकाशमा गइसकेको पनि वर्षौ बित्यो। ढुंगानाले भने शर्माको ‘बिडो’ थामेका छन्।

शर्मा सहसचिव भएकै बेला खुला प्रतिस्पर्धाबाट सहसचिव भएका महेश्वर न्यौपाने, लक्ष्मण अर्याल र महेन्द्रप्रसाद गुरागाईं पनि ५ वर्ष सचिव चलाएर घर गइसकेका छन्। महिला कोटाबाट सहसचिव भएकी यामकुमारी खतिवडा पनि ५ वर्ष सचिव चलाएर सरकारी सेवाबाट बिदा भइसकेकेकी छिन्। खुला प्रतिस्पर्धाबाट शिक्षातिरका सहसचिव बनेका खगराज बराल सचिव भएर र परराष्ट्र सेवामा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका शंकरदास बैरागी खनाल सचिव र मुख्यसचिव हुँदै सरकारी सेवाबाट बिदा हुँदा पनि भ्रष्टाचारी शर्मा सचिव पद हेरेको हेऱ्यै भएका छन्।

शर्माभन्दा पछि सहसचिव भएका बैकुण्ठ अर्याल यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, बुद्धिबहादुर खड्का सचिव मुख्यसचिव र भएर सरकारी सेबाबाट बिदा भइसकेका छन्। दिपक सुवेदी, चन्द्रमान श्रेष्ठ, केवलप्रसाद भण्डारी, हरि पौडेल हरिप्रसाद बस्याल, सुरेश अधिकारी, तोयानारायण ज्ञवाली, तोयम राय, दिनेश भट्टराई, रामकृष्ण सुवेदी र बालकृष्ण घिमिरे सचिव भएर सेवानिवृत्त भइसके।

त्यस्तै रामशरण पुडासैनी, अर्जुनप्रसाद घिमिरे, मानबहादुर बिके, विष्णुप्रसाद नेपाल, मधुकुमार मरासिनी, वीरबहादुर राई, मुकुन्दप्रसाद पौड्याल, दामोदर रेग्मी गणेशप्रसाद पाण्डे, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनाल समेत सचिव भएर अवकाशमा गोइसकेका छन्। अहिले भएका मुख्यसचिव सबै शर्माभन्दा कनिष्ठ हुन्। शर्माभन्दा ६ वर्ष पछाडि सहसचिव भएका भटाभट सचिव हुन थालेका छन्। शर्मा भने ‘सिन’मा छैनन्।

२०३१ साल असोजमै शर्माको गृह जिल्ला स्याङ्जा कै बुद्धिसागर लामिछाने पनि विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर सचिव हुनबाट बञ्चित भएका छन्। वाइडबडी विमान घोटालामा विशेष अदालतले लामिछानेलाई पनि १ वर्ष ९ महिना कैद र १२ करोड २४ लाख रुपैंयाका दरले जरिवाना गर्ने फैसला गरेको छ। २०६९ मा सहसचिव भएका स्याङ्जा पुतलीबजारका लामिछानेको विशेष अदालतको उक्त फैसलापछि सचिव हुने सपना ‘हुरी’ले उडाएको हो।

 

लामिछानेभन्दा पछि इन्जिनियरिङ सेवामा सहसचिव भएका रामप्रसाद घिमिरे, मधुप्रसाद भेटुवाल दिननाथ शर्मा सचिव भइसकेका छन्। घिमिरे र भेटुवाल त सचिव भएर पनि सरकारी सेवाबाट बिदा भइसके। उनीहरूभन्दा अघि सहसचिव भएका लामिछाने ‘वाइडबडी दुर्घटना’मा पर्दा सचिव बन्न नपाएका हुन्। भ्रष्टाचारमा डामिएपछि दुई स्याङ्जाली शर्मा र लामिछाने सचिवमा उक्लिन नपाएका हुन्।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #चूडामणि शर्मा, #बुद्धिसागर लामिछाने, #वाइडबडी विमान खरिद घोटाला, #सचिव हुन नपाएका, #स्याङ्जाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ