पतञ्जली जग्गा भ्रष्टाचार मुद्दामा स्टार अस्पतालका पूर्वकार्यकारी अध्यक्ष महर्जन समेत डामिए


काठमाडौं। पतञ्जली जग्गा हिनामिना भ्रष्टाचारमा स्टार अस्पतालका पूर्वकार्यकारी निर्देशक किशोरकुमार महर्जन डामिएका छन्। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल समेत प्रतिवादी रहेको पतञ्जली जग्गा घोटाला मुद्दामा स्टार अस्पतालका पूर्वकार्यकारी अध्यक्ष किशोरकुमार महर्जन जोडिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महर्जनलाई तत्कालीन सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको हैसियतमा मतियारका रूपमा महर्जन लाई भ्रष्टाचार मुद्दा चलाइएको छ। मालपोत कार्यालय काभ्रेपलान्चोकबाट पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको नाममा रहेको जफत तथा सरकारी सार्वजनिक कायम हुने प्रकृतिको हदभन्दा बढीको जग्गा समेत धितो लिखत पारित गरी गराई सनराईज लिमिटेड (हाल लक्ष्मी सनराईज)बाट ऋण प्रवाह गराएको आरोपमा अख्तियारले तत्कालीन सिईओ महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। महर्जनसहित सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजिव सापकोटा, अधिकृत ममता पराजुलीविरुद्ध उक्त प्रकरणमा मतियारको रूपमा मुद्दा दायर भएको छ।

 

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीको मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंहलाई मुख्य प्रतिवादी बनाइ मतियारका रूपमा महर्जनको टिमलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो। उक्त भ्रष्टाचार मुद्दामा स्टार अस्पतालका पूर्वकार्यकारी अध्यक्ष महर्जन प्रतिवादी बनेका हुन्।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #किशोरकुमार महर्जन स्टार अस्पताल, #पतञ्जली जग्गा घोटाला

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ