शिक्षण अस्पतालले १०० नर्सलाई जागिर दिने, पुरूष नर्सको हकमा ४० वर्ष ननाघेका हुनुपर्ने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले १०० जना नर्सलाई जागिर दिने भएको छ। अस्पतालले करार सेवामा १०० नर्स राख्न खोजेको हो।
इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा असार ६ र ७ गते लिखित परीक्षा लिएर १०० जना नर्स राख्न खोजेको छ।अस्पतालले आन्तरिक स्रोतबाट तलब भत्ता उपलव्ध गराइने छ। पुरुष नर्सको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्णले आवेदन दिन सक्नेछन्। आगामी जेठ २५ गतेदेखि असार १ गतेसम्म योग्य र इच्छुक उम्मेदवारलाई आवेदन दिने समय तोकिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस