परराष्ट्र सचिव अमृत राईलाई पितृशोक


काठमाडाैं । परराष्ट्र सचिव अमृतबहादुर राईलाई पितृशोक परेको छ। उनका बुवा इन्द्रबहादुर राईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

१९९८ मा संखुवासभाको मच्छेपोखरीमा जन्मिएका इन्द्रबहादुर ८३ वर्षको उमेरमा निधन भएको हो। मृतक राई सेवानिवृत्त भारतीय सैनिक हुन् । पराराष्ट्र सचिव अमृत इन्द्रबहादुरका कान्छा छोरा हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ