सचिव बढुवाका लागि ३ सहसचिवको प्रतिस्पर्धा

काठमाडौं। महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि सचिव बढुवाका लागि दौडधुप सुरू भएको छ। रघुराम विष्टको ठाउँमा सचिव बढुवाका लागि सिफारिस गर्ने तयारी भइरहेको हो।
सचिव बढुवाका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे, लोक सेवा आयोगका सहसचिव खगेन्द्रप्रसाद सुवेदी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री प्रतिस्पर्धामा छन्।
प्रशासन सेवाका घिमिरे र शिक्षातिरका सुवेदी र काप्री सचिव बढुवाको लाइनमा छन्। सचिव बढुवका लागि १ नम्बरमा घिमिरे, २ नम्बरमा सुवेदी र ३ नम्बरमा काप्रीको नाम सिफारिस हुनेछ। भूपाल बराल १ नम्बरमा सचिव बढुवाका लागि सिफारिस हुँदा ३ नम्बरमा रहेका सुवेदीले सचिव हुन चर्को ‘लबिइङ’ गरेका थिए। अहिले २ नम्बरबाटै फड्को मारेर सचिव हुने दाउमा सुवेदी रहेको पाइन्छ।
सुवेदी ५८ वर्षे उमेर हदका कारण यहीँ भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। अन्य अवस्था नआए अब सचिव बन्न मंसिर नै पखर्नु पर्ने हुन्छ। त्यसैले घिमिरेलाई उछिनेर सुवेदी सचिव बन्ने दौडधुपमा छन्। घिमिरे पनि ५८ वर्षे उमेर हद कायम रहँदा २ वर्ष मात्र सचिव चलाउनेमा पर्छन्।
क्याटेगोरी : समाचारट्याग : #कृष्णप्रसाद काप्री, #डण्डुराज घिमिरे, #डा. खगेन्द्र प्रसाद सुवेदी
तपाईको प्रतिक्रिया दिनुहोस