अस्पताल निर्माणमा घोटाला गर्दा एमाले सांसद ठाकुर भ्रष्टाचारमा डामिए


काठमाडौं। नगर अस्पतालमा घोटाला गर्दा एमाले सांसद ठाकुर भ्रष्टाचारमा डामिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नेकपा (एमाले)का मधेश प्रदेशका सांसद दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

६ करोड ७९ लाख १२ हजार ३८३ विगो मागदाबीसहित मुद्दा दायर भएको छ। ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। उनी धनुषाको क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

औरही गाउँपालिकाको १५ बेडको अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो। धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। मधेश प्रदेशको एमाले संसदीय दलको उपनेता समेत रहेका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि  निलम्बित भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ