सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेल, पौडेल र थापा सिफारिस


काठमाडौं। सर्वोच्च अदालतमा न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल, शान्ति सिंह थापा सिफारिस भएका छन्। प्रकाशमान सिंह राउत अध्यक्षतामा बसेको न्याय परिषद्का पोखरेल पौडेल र थापा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

पोखरेल भने सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष हुन्। लोकतान्त्रिक कानुन व्यवसायी समूहमा आबद्ध पोखरेल लोकप्रिय मतका साथ सर्वोच्च अदालतको बारको अध्यक्षतामा निर्वाचित भएका थिए। उनी बीचैमा न्यायाधीश खान गएका छन्।

पौडेल उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हुन् भने थापा उच्च अदालत दिपायलको मुख्य न्यायाधीशको भूमिकामा छिन्।एमालेको भागमा परेको न्यायाधीश भने खाली राखिएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #मेघराज पोखरेल, #शान्ति सिंह थापा, #श्रीकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ