कानुन सचिव उदयराज सापकोटा सेवानिवृत्त, को बन्ला कानुन सचिव?

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाएका छन्। ५ वर्ष सचिव चलाएर सापकोटा कानुन सचिवबाट बिदा हुन भएका हुन्।
२०७७ जेठ २८ गते नेपाल न्याय सेवा, कानुन समूहको सचिवमा बढुवा भएका बानेश्वरका सापकोटा लामो समय कानुन मन्त्रालयमा बिताएर सेवानिवृत्त भएका हुन्। ‘ह्याट्रिक’ हानेर कानुन सचिव बनेका सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको भूमिकामा समेत काम गरिसकेका छन्।
सापकोटा सेवानिवृत्त भएसँगै कानुन मन्त्रालयको सचिव बन्न दौडधुप शुरु भएको छ। कानुन सचिव बन्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतम र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्व ढुंगानाबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। नेपाल कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठको जागिर एक महिना मात्र रहेकाले उनी ‘रेस’मा देखिँदैन। प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइका सचिवमा गौतम र कानुनमन्त्री अजयकुमार चौरासियाले खोजेका सचिव ढुंगाना हुन्। प्रधानमन्त्रीले हस्तक्षेप गरे गौतम र नगरे ढुंगाना कानुन सचिव बन्ने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस