उच्च अदालतको मुख्य न्यायाधीशमा भट्टराई, कुँवर भण्डारी र तिवारी सिफारिस

काठमाडौं। उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीको नाम सिफारिस भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले भट्टराई, कुँवर भण्डारी र तिवारी सिफारिस गर्ने निर्णय गरेको हो।
मुख्य न्यायाधीशमा सिफारिस भएका भट्टराई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन्। कुँवर, उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश हुन्। भण्डारी उच्च अदालत तुलसीपुरका कायममुकायम मुख्य न्यायाधीश हुन् भने तिवारी उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश हुन्।
कायममुकायम नन्द र भट्टराई मुख्य न्यायाधीश भएनन्
उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्द भने मुख्य न्यायाधीश हुन पाएनन्। कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी मुख्य न्यायाधीशमा सिफारिस हुँदा उनी कायममुकायमबाट माथि जान सकेनन्।
त्यस्तै उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराई पनि कायममुकायमै सीमित भएका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस