कायममुकायम मुख्य न्यायाधीश खोसिएका २ न्यायाधीश

काठमाडौं। न्याय परिषद्को बैठकले ४ मुख्य न्यायाधीशको नाम सिफारिस गर्नेबित्तिकै २ कायममुकायम मुख्य न्यायाधीशको कायममुकायम खोसिने भएको छ। उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्द र उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईको कायममुकायम खोसिने भएको हो।
प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकले राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो। कुँवर र भण्डारी कायममुकायम मुख्य न्यायाधीश समेत हुन्।
उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवर र उच्च अदालत तुलसीपुरका कायममुकायम मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी मुख्य न्यायाधीशमा सिफारिस हुँदा विराटनगर र सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश नन्द र भट्टराई हेरेको हेरै भएका छन्।
ध्रवराज नन्दको कायममुकाय मुख्य न्यायाधीश भएको उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीशमा सिफारिस भएका राजनकुमार भट्टराई र कृष्णलाल भट्टराई कायममुकायम मुख्य न्यायाधीश भएको उच्च अदालत सुर्खेतमा हरिप्रसाद भण्डारी मुख्य न्यायाधीश भएर जाने भएका छन्। नन्द र भट्टराईको कायममुकायम समेत खोसिएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णलाल भट्टराई, #ध्रुवराज नन्द, #राजनकुमार भट्टराई, #राजेश्वर तिवारी, #लालबहादुर कुँवर, #हरिप्रसाद भण्डारी
तपाईको प्रतिक्रिया दिनुहोस