व्यवस्था विरोधी आन्दोलनका क्रममा घाइतेको उपचार खर्चका लागि स्वास्थ्य मन्त्रालयद्वारा झन्डै २५ लाख रुपैयाँ माग

काठमाडौं । २०७८ साल चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको व्यवस्था विरोधी आन्दोलनका क्रममा भएको झडपमा घाइते भएका व्यक्तिहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग झन्डै २५ लाख रुपैयाँ बराबरको बजेट माग गरेको छ।
मन्त्रिपरिषद्को सोही दिनको निर्णय र मुख्य सचिवको परिपत्रका आधारमा उक्त घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न मन्त्रालयले अस्पतालहरूसँग समन्वय गर्दै बिल संकलन गरेको हो।
तीनकुने र वरपरको क्षेत्रमा भएको झडपमा परी घाइते भएका व्यक्तिहरू निजामति कर्मचारी अस्पताल, काठमाडौं मेडिकल कलेज र बी एण्ड बी अस्पतालमा भर्ना भएका थिए।
अस्पतालवार खर्च विवरण यसप्रकार छ:
निजामति कर्मचारी अस्पताल, मिनभवन
दिनेश कुमार खत्री – औषधी खर्च: रु १४,५८६.८०
रेविका खत्री – औषधी खर्च: रु ८,१३,०५७.९१,
फार्मेसी: रु १,२५,९५८.३५,
खाद्य सामग्री: रु ९८,८५७.२१,
विविध खर्च: रु ३९,९२५,
कुरुवा भत्ता (४ जना, १ हजार प्रति दिन): रु १,९६,०००
कुल: रु १२,८८,३८५
काठमाडौं मेडिकल कलेज, सिनामंगल
विकास कुमार गौतम – रु १४,२०२
आशिष बोहोरा – रु १९,४५६
विशाल निरौला – रु १७,८८९
कुमार जंग राना – रु २१,८४६
राज कुमार कार्की – रु २५,४१२
रामचन्द्र बुढाथोकी – रु ४१,४७९
रुद्र कार्की – रु ६,६८७
कुल: रु १,४६,९७१
बी एण्ड बी अस्पताल, ग्वार्को
राजेन्द्र रावल – रु १,७५,३९६.५८
राम हरि श्रेष्ठ – रु ७,२९,२७६.८०
पंकज भट्टराई – रु २२,०२१.०८
राज हुमागाईं – रु १,०९,४७०.७३
कुल: रु १०,३६,१६५.१९
कुल खर्च: रु २४,७१,५२१.५३
स्वास्थ्य मन्त्रालयले उपचारका क्रममा उठेका बिल र संलग्न कागजातहरू अर्थ मन्त्रालयमा पठाउँदै सम्बन्धित अस्पतालहरूलाई नै भुक्तानी गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस