कानुन मन्त्रालयको सचिवमा पाराश्वर ढुंगाना


काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पाराश्वर ढुंगाना सरूवा भएका छन्। न्याय सेवा आयोगको बैठकले ढुंगानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरूवा गर्न सिफारिस गरेको छ। न्याय सेवा आयोगको सिफारिस बमोजिम मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई कानुन सचिवमा सरूवा गर्ने निर्णय गर्नेछ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव उदयराज सापकोटाले जेठ २८ गते अनिवार्य अवकाश पाएसँगै कानुन मन्त्रालयको सचिव पद रिक्त रहेको थियो। सत्य निरूपण तथा मेलमिलाप आयोगमा सचिवको भूमिकामा रहेका ढुंगाना कानुन सचिव बनेका छन्।

कानुन सचिवमा निर्मला अधिकारी भट्टराईको बढुवा हुने सम्भावना छ। बढुवा भएपछि उनी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव हुनेछिन्।

क्याटेगोरी : समाचार
ट्याग : #पाराश्वर ढुंगाना सचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ