अवकाशको मुखमा रहेका २ थापा सिडिओ

काठमाडौं। सिन्धुपाल्चोक र भोजपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) अवकाशको मुखमा रहेका छन्। सिन्धुपाल्चोकको सिडिओ किरण थापा र भोजपुरको सिडिओ नरबहादुर थापा अवकाशको मुखमा रहेका छन्। २ थापा सिडिओ एक महिना अघिपछि घर जाने सूचीमा छन्।
५८ वर्षे उमेर हदका कारण सिन्धुपाल्चोकको सिडिओ किरण थापाले ३ महिनापछि अनिवार्य अवकाश पाउँदैछन्। २०८१ भदौ ३० सिन्धुपाल्चोकको सिडिओमा हाजिर भएका किरण २०८२ असोज २८ गते अनिवार्य अवकाशमा जाँदैछन्। सिन्धुपाल्चोकको सिडिओमा हाजिर भएको १३ महिना पुगेपछि उनी अनिवार्य अवकाशमा जाने देखिन्छन्।
२०८१ जेष्ठ २३ गते भोजपुरको सिडिओमा हाजिर भएका नरबहादुर अबको साढे ३ महिनापछि अनिवार्य अवकाशमा जाँदैछन्। उनी भोजपुरको सिडिओ भएको १ वर्ष पूरा भएको छ। कार्तिक १५ गते अनिवार्य अवकाशमा जान लागेका उनी त्यतिञ्जेलसम्म भोजपुरको सिडिओ रहन्छन् कि रहन्न अहिल्यै भन्न सक्ने अवस्था छैन। १ वर्ष पूरा भइसकेकाले गृह मन्त्रालयले उनलाई कुनै पनि बेला भोजपुरको सिडिओबाट तान्ने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #किरण थापा सिडिओ सिन्धुपाल्चोक, #नरबहादुर थापा, #नरबहादुर थापा सिडिओ भोजपुर
तपाईको प्रतिक्रिया दिनुहोस